ट्रायम्फ नेपालको एपिक राइडको भिडियो सार्वजनिक गर्दै सम्पन्न भयो ‘म्युजिक नाइट’
काठमाडौं – ट्रायम्फ नेपालले नक्सालस्थित बाइकर्स क्याफेमा ‘म्युजिक नाइट’...
काठमाडौँ - सीएफमोटोको विश्व प्रसिद्ध एड्भेन्चर टुरिङ मोटरसाइकल ४५० एमटी अटो शोमा सार्वजनिक भएको छ । नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सो मोटरसाइकल सार्वजनिक गरेको हो । ऋषि ट्रेड सेन्टरले विशेष रुपमा वितरण गरेको ४५० एमटीले देशभरका मोटरसाइकल प्रेमीहरुका लागि एडभेन्चर टुरिङ अनुभवलाई पुनः परिभाषित गर्ने भएको छ ।
सो नयाँ मोटरसाइकलमा ४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ९५०० आरपीएममा ४४ एचपी पावर र ७६०० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ । सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ । बाइकमा पूर्ण रूपमा डिजिटल ६ इन्च फराकिलो टीएफटी डिस्प्ले रहेको छ, जसमा बाइकको स्पिड, फ्युल लेभल, ट्रिप इन्फो लगायतका विभिन्न जानकारी डिस्प्लेमा हुनेछन् ।
यसका अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधा ले यो मोटरसाइकललाई रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी बनाउँछ । यो मोटरसाइकलको मूल्य १२ लाख ४९ हजार ९ सय रुपैयाँ रहेको छ ।
४५० एमटीमा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ । यसको एरोडायनामिक रेखाहरू, आक्रामक फ्रन्ट डिजाइन र मस्कुलर पर्सनालिटीले जहाँसुकै यसको उपस्थिति लाई स्ट्यान्ड आउट बनाउँछ । पूर्ण रूपमा एलईडी लाइटले सुसज्जित ४५० एमटीले रातको समयमा भिजिबिलिटी उत्कृष्ट बनाउने मात्र नभएर, डिजाइनलाई आधुनिक लुक पनि दिन्छ । अरू उत्कृष्ट सुविधाहरूमध्ये यसमा बोस ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशिल्ड र केवाईबी सस्पेन्सन रहेको छ ।
बाइकमा एर्गोनोमिकली डिजाइन गरिएको सिट छ । बाइकको विन्डस्क्रिनले हावाको प्रतिरोध घटाएर लामो यात्रामा थकान निकै नै कम गर्छ । १७ लिटरको ठूलो फ्युल ट्यांकले रिफ्युलिङ बिना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउँछ । बाइकको २२० एमएम ग्राउन्ड क्लियरेन्सका साथै फ्रन्ट टायरको टेलिस्कोपिक फोर्क र पछाडिको टायरको मोनोशकले जस्तोसुकै भूभागमा पनि आरामदायी यात्रा सुनिश्चित गर्छ ।
काठमाडौं – ट्रायम्फ नेपालले नक्सालस्थित बाइकर्स क्याफेमा ‘म्युजिक नाइट’...
ट्रायम्फले आगामी वर्षहरूका लागि आफ्नो ठूलो योजना सार्वजनिक गरेको छ।...
काठमाडौँ –बुटवलको प्रतिष्ठित व्यवसायिक घराना गैरे प्रतिष्ठानले रोयल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...