त्रिपुरेश्वरमा बस आगलागी: चालकले नै आगो लगाएको आशंका

काठमाडौं - काठमाडौंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू बसभित्रै बसेर गाडीमा आगो लगाएका छन्। बा ५ ख ४२७४ नम्बरको बसका २५ वर्षीय चालक दावा लामाले आफ्नै बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटना हुँदा बसमा कुनै यात्रु थिएनन्। यात्रु नभएको अवस्थामा चालक लामा बसभित्रै बसेर आगो लगाएपछि बसमा एक्कासि ठूलो आगो लागेको थियो।

आगलागी भएपछि घटनास्थलमा दमकल पुगेको थियो। दमकलको टोलीले आगो नियन्त्रणमा लिएपछि बसभित्र रहेका चालक लामालाई उद्धार गरिएको हो।

आफैंले लगाएको आगोबाट जलेर घाइते भएका लामालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

चालकले आफ्नै बसमा आगो लगाउनुको ठोस कारण भने खुलिसकेको छैन। प्रारम्भिक विवरणअनुसार ट्राफिक प्रहरीसँग भएको विवादपछि उनी आक्रोशित बनेर यस्तो कदम चालेको हुनसक्ने अनुमान गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...