नेपाली बजारमा बीएस६ आरटीएफआई टीभीएस अपाचे आरटीआर २०० फोरभी, खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारमा टीभीएसको नयाँ आरटीएफआई प्रविधिको बीएस६ मापदण्डयुक्त अपाचे आरटीआर २०० फोरभी मोटरसाइकल भित्रिएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोरुमहरुमा समेत यो मोटरसाइकल उपलब्ध गराइसकेको छ ।

औपचारिक लन्च बाँकी भए पनि हाल यसको बुकिङ समेत कम्पनीले खुलाइसकेको छ । एफआई प्रविधि र तीन वटा राइडिङ मोड सहित नयाँ फिचरयुक्त यो मोटरसाइकल पहिले देखि नै धेरै राइडरहरुले प्रतीक्षा गरिरहेको मोटरसाइकल हो । केही दिनमै औपचारिक रुपमा यो मोटरसाइकलको लन्चिङ गरिने जगदम्बा मोटर्सले जनाएको छ ।

स्पोर्ट, अर्वन र रेन गरी यसलाई तीन राइडिङ मोडमा चलाउन सकिन्छ । राइडरले परिस्थिति अनुसार मोड सेट गर्न सक्छन् । यो मोटरसाइकलमा १९७।८ सीसी सिंगल सिलिन्डिर लिक्वीडकुल्ड एफआई इन्जिन रहेको छ । जसले स्पोर्ट मोडमा २०.५ बीएचपी पावर र १७.२ एनएम टर्क जेनेरेट गर्छ ।

एफआई इन्जिनयुक्त यो मोटरसाइकलका अन्य धेरै विशेषता नेपाली बजारमा पहिले देखि नै उपलब्ध अपाचे आरटीआर २०० फोरभीसँग मिल्छन् । त्यसैले यसमा स्मार्ट कनेक्ट, फुल डिजिटल मिटर, एबीएस, रियर मोनोसक, अल एलईडी हेडलाइट आदि विभिन्न फिचर उपलब्ध छन् ।

नयाँ अपाचे आरटीआर २०० फोरभी बीएस६ को मूल्य ३ लाख ८४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

टीभीएसका मोटरसाइकलमा ५ हजार र स्कुटरमा ४ हजार सम्म भयो मूल्य वृद्धि

टीभीएसका मोटरसाइकलमा ५ हजार र स्कुटरमा ४ हजार सम्म भयो मूल्य वृद्धि

काठमाडौं – नेपालका लागि टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा...

यस्तो छ हालै नेपाल भित्रिएको टीभीएस रेडरका ६ विशेषता

यस्तो छ हालै नेपाल भित्रिएको टीभीएस रेडरका ६ विशेषता

नेपाली बजारमा शकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले युवा लक्ष्यित...

२०२४ टीभीएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा

२०२४ टीभीएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले २०२४...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...