७ करोड मूल्यको नेपालकै सबैभन्दा महँगो लक्जरी गाडी बीएमडब्ल्यु एक्स७ एक्सड्राइभ ४०आई एक हप्तामै बिक्री

बीएमडब्ल्युको नेपालका लागि आधिकारिक आयातकर्ता र डिलर लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड रुपैयाँ मूल्य पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी बीएमडब्ल्यु एक्स७ एक्सड्राइभ ४०आई ल्याएको एक हप्ताभित्र बिक्री गरेको छ ।

कम्पनीका अनुसार सो मोडल यही कात्तिक महिनाको अन्त्य अर्थात २९ गते नेपाल आयात गरिएको थियो। अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबूती, सुरक्षा, शक्ति र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो ।

यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रस्ट रूपमा उजागर गरेको कम्पनीको भनाइ छ। कम्पनीले जनाए अनुसार बीएमडब्ल्यु एक्स७ एक्सड्राइभ ४०आईको छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ ।

यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको छ ।

सम्बन्धित समाचारहरू

आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

काठमाडौं – विर्तामोडमा दिपल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा...

स्पेनिस कम्पनीले बनायो यस्तो आकर्षक फोल्डेबल कार

स्पेनिस कम्पनीले बनायो यस्तो आकर्षक फोल्डेबल कार

स्पेनिस कम्पनी एनटीडी इनर्जीले फोल्ड गर्न मिल्ने इलेक्ट्रिक कारको डिजाइन...

काइनेटिक लुना अब नयाँ टेक्नोलोजी र फिचरसहित इलेक्ट्रिक भर्सनमा आउने

काइनेटिक लुना अब नयाँ टेक्नोलोजी र फिचरसहित इलेक्ट्रिक भर्सनमा आउने

कुनै समयमा निकै नै लोकप्रिय मोपेड काइनेटिक लुना नयाँ टेक्नोलोजी र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...