मर्सिडिज–बेन्ज र जिली ग्लोबलसँग सहकार्य भएको ‘स्मार्ट’ ब्रान्ड अब नेपालमा चाडै लञ्च हुने
काठमाडौं – सीजी मोटर्सले नयाँ ईभी स्मार्ट #१ र स्मार्ट #३ नेपालमा लञ्च गर्न...
स्पेनिस कम्पनी एनटीडी इनर्जीले फोल्ड गर्न मिल्ने इलेक्ट्रिक कारको डिजाइन सार्वजनिक गरेको छ । हाल विकासको चरणमा रहेको यो कारलाई ल्याकोटा नाम दिइएको छ । यसलाई यसरी फोल्ड गर्न मिल्छ कि हाल सानो कार अट्ने पार्किङ स्थलमा पनि यस्ता ३ वटा कार पार्किङ गर्न सकिन्छ ।
सो कार फोल्ड गर्दा यसको इलेक्ट्रिक मोटर, स्टेयरिङ र ब्रेक पाङ्ग्रामा फिट हुन्छ । यो प्रविधिले कारको डाइमेन्सनलाई ३ मिटरबाट २ मिटरसम्म घटाउन सकिन्छ, त्यसपछि चालक फ्रन्टबाट कार बाहिर निस्कन सकिन्छ ।
फोल्ड गर्न मिल्ने कारको अवधारणालाई सन् २०१० मा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीद्वारा परिकल्पना गरिएको थियो । त्यसबेला यसको प्रोटोटाइपलाई सिटीकार नाम दिइएको थियो ।
कम्पनीले सो फोल्ड गर्न मिल्ने कार कन्भर्टेबल “बग्गी,“ २ सिटर र मिनी डेलिभरी ट्रक गरी ३ भर्सनमा ल्याउने योजना बनाएको छ । कम्पनीले २ सिटर कारलाई सहरमा प्रयोग गर्न सकिने परिकल्पना गरेको छ ।
सो कार ५८० किलोग्रामको हुनेछ । सिटीमा सो कारको गति ९० किमी प्रति घन्टा हुनेछ । सो कार चार्ज गर्न ३ घण्टाको समय लाग्छ तर फास्ट चार्जिङमा २० प्रतिशतदेखि १०० प्रतिशतसम्म १५ मिनेट मात्रै लाग्छ । कम्पनीले सन् २०२३ मा यस्ता १२ सय इलेक्ट्रिक कार निर्माण गर्ने योजना बनाएको छ ।
काठमाडौं – सीजी मोटर्सले नयाँ ईभी स्मार्ट #१ र स्मार्ट #३ नेपालमा लञ्च गर्न...
काठमाडौं – हुन्डाई मोटर्सले नेपालका विभिन्न २५ स्थानमा डीसी फास्ट...
काठमाडौं–याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...