स्पेनिस कम्पनीले बनायो यस्तो आकर्षक फोल्डेबल कार

स्पेनिस कम्पनी एनटीडी इनर्जीले फोल्ड गर्न मिल्ने इलेक्ट्रिक कारको डिजाइन सार्वजनिक गरेको छ । हाल विकासको चरणमा रहेको यो कारलाई ल्याकोटा नाम दिइएको छ । यसलाई यसरी फोल्ड गर्न मिल्छ कि हाल सानो कार अट्ने पार्किङ स्थलमा पनि यस्ता ३ वटा कार पार्किङ गर्न सकिन्छ ।

सो कार फोल्ड गर्दा यसको इलेक्ट्रिक मोटर, स्टेयरिङ र ब्रेक पाङ्ग्रामा फिट हुन्छ । यो प्रविधिले कारको डाइमेन्सनलाई ३ मिटरबाट २ मिटरसम्म घटाउन सकिन्छ, त्यसपछि चालक फ्रन्टबाट कार बाहिर निस्कन सकिन्छ ।

फोल्ड गर्न मिल्ने कारको अवधारणालाई सन् २०१० मा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीद्वारा परिकल्पना गरिएको थियो । त्यसबेला यसको प्रोटोटाइपलाई सिटीकार नाम दिइएको थियो ।

कम्पनीले सो फोल्ड गर्न मिल्ने कार कन्भर्टेबल “बग्गी,“ २ सिटर र मिनी डेलिभरी ट्रक गरी ३ भर्सनमा ल्याउने योजना बनाएको छ । कम्पनीले २ सिटर कारलाई सहरमा प्रयोग गर्न सकिने परिकल्पना गरेको छ ।

सो कार ५८० किलोग्रामको हुनेछ । सिटीमा सो कारको गति ९० किमी प्रति घन्टा हुनेछ । सो कार चार्ज गर्न ३ घण्टाको समय लाग्छ तर फास्ट चार्जिङमा २० प्रतिशतदेखि १०० प्रतिशतसम्म १५ मिनेट मात्रै लाग्छ । कम्पनीले सन् २०२३ मा यस्ता १२ सय इलेक्ट्रिक कार निर्माण गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

टाटा नेक्सन इलेक्ट्रिक अब नेपालमा : चाँडै बुकिङ खुल्ने कम्पनीको घोषणा

टाटा नेक्सन इलेक्ट्रिक अब नेपालमा : चाँडै बुकिङ खुल्ने कम्पनीको घोषणा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ...

नेपालमै सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर लन्च गर्दै क्लासिक ह्विल्स

नेपालमै सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर लन्च गर्दै क्लासिक ह्विल्स

काठमाडौं – नेपालमा हाल क्रसफायर र इटालिका मोटोका मोटरसाइकल बिक्री वितरण...

इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले ल्यायो स्मार्टवाच जस्तै काम गर्ने कार कि

इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले ल्यायो स्मार्टवाच जस्तै काम गर्ने कार कि

चाइनिज इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले बिल्ट–इन कार कि सहितको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...