अन्य देशमा बनेका सवारी साधनमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ‘अमेरिकामा नबनेका सबै...
काठमाडौं - विर्तामोडमा दिपल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा एमएडब्लु वृद्धिले आगामी शनिबारदेखि तीन दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ । कात्तिक २९ देखि १ मंसिरसम्म चल्ने यस कार्यक्रमा आगन्तुकहरूले दिपल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभव गर्न पाउनेछन् । यी ब्रान्डहरू हाल नेपालमा सबैभन्दा लोकप्रिय र प्रविधिमैत्री ईभी ब्रान्डहरूका रूपमा स्थापित भइरहेका छन् ।
कार्यक्रममा आगन्तुकहरूले नवीनतम प्रविधि, डिजाइन र नवप्रवर्तन अनुभव गर्न पाउनेछन् । साथै, रोबोटहरूसँग अन्तरक्रिया गर्ने अवसर पनि रहनेछ, जसले कार्यक्रममा रमाइलो र भविष्यको अनुभूति दिलाउनेछ । यस कार्यक्रममा हालै सम्पन्न नाडा अटो शोमा धेरै चर्चित भएका दिपल एस०५ र नामी भिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ ।
स्लिम डिजाइन, आधुनिक फिचरहरू र दिगो गतिशीलताको संयोजनका साथ यी सवारी साधनहरूले नेपाली ग्राहकबीच छोटो समयमा नै उच्च लोकप्रियता कमाएका छन् । यी गाडीहरूले उत्कृष्ट रेंज, प्रविधि र ड्राइभिङ अनुभव प्रदान गर्छन् ।
कार्यक्रमको अवसरमा एमएडब्लु वृद्धिले विशेष प्रमोशनल अफरहरू पनि उपलब्ध गराउने बताएको छ, जसमा पुराना गाडी साट्न चाहने ग्राहकका लागि आकर्षक एक्सचेन्ज बोनस, विशेष नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरिज र टेस्ट ड्राइभ गर्ने आगन्तुकका लागि उपहार रहेका छन् ।
इलेक्ट्रिक सवारी साधनमा रूपान्तरण गर्ने सोचमा रहेका वा केवल भविष्यको यातायात अनुभव गर्न चाहनेहरुलाई समेत बिर्तामोडस्थित नयाँ दिपल र नामी सोरुममा हुने एक्सचेञ्ज तथा टेस्ट ड्राइभ क्याम्प उपयुक्त अवसर हुने एमएडब्लु वृद्धिले बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ‘अमेरिकामा नबनेका सबै...
टिभिएस र बिएमडब्लुले एउटै प्लेटफर्ममा इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने...
चाइनिज कार ब्रान्ड दिपलले आफ्नो प्रोडक्सन लाइनबाट ४ लाखौं कार उत्पादन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...