मोबाइल जस्तो सजिलो छैन विद्युतीय सवारी किन्न : यी ८ कुरामा ध्यान दिनु आवश्यक
मोबाइल किन्नुजस्तो सजिलो हुँदैन सवारी साधन किन्न । अटोमोबाइल अन्तर्गत अझ...
कुनै समयमा निकै नै लोकप्रिय मोपेड काइनेटिक लुना नयाँ टेक्नोलोजी र फिचरसहित पुनरागमन हुने भएको छ । तर अब यो इलेक्ट्रिक भर्सनमा आउने भएको छ । काइनेटिक ग्रीनका संस्थापक तथा सीईओ सुलभा फिरोदिया मोटवानीले ‘ई–लुना’ नामक नयाँ विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन लन्च गर्न लागेको पुष्टि गरेकी छिन् ।
लुना मोपेड लगभग ५० वर्ष पहिले काइनेटिक इन्जिनियरिङद्वारा भारतीय बजारमा लन्च गरिएको थियो । सस्तो मूल्य र सुविधाका कारण लुना निकै लोकप्रिय भएको थियो । यो साइकल जस्तै प्याडल भएको ५० सीसी मोपेड थियो ।
नयाँ काइनेटिक लुना इलेक्ट्रिक मोपेडमा १ किलोवाट पावर जेनेरेट गर्न लिथियम आयोन ब्याट्री प्याक जडान गरिनेछ, जसले सिंगल चार्जमा ७० देखि ८० किलोमिटरको रेन्ज प्रदान गर्ने सम्भावना रहेको छ । यसको टप स्पिड २५ किलोमिटर प्रतिघन्टा हुनेछ ।
काइनेटिक ग्रीन इनर्जी एन्ड पावर सोलुसन्स काइनेटिक ग्रुपको सहायक कम्पनी हो । रिपोर्टका अनुसार कम्पनीले च्यासिसको उत्पादन सुरु गरिसकेको छ । साथै कम्पनीले आगामी विद्युतीय लुनाका लागि छुट्टै प्रोडक्ट लाइन पनि स्थापना गरिरहेको छ । कम्पनीले एसेम्बली लाइनमा ३० वटा नयाँ वेल्डिङ मेसिन जडान गरिसकेको छ ।
नयाँ मोपेडमा इलेक्ट्रिक सेल्फ स्टार्ट, एलईडी हेडलाइट, डीआरएल, डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र यूएसबी चार्जरका साथै अन्य धेरै विशेष फिचर दिइएको छ । यसको मूल्य ५० हजार भारुसम्ममा हुने जानकारी दिइएको छ । काइनेटिकले यसलाई २०२४ मा लन्च गर्ने सम्भावना छ ।
मोबाइल किन्नुजस्तो सजिलो हुँदैन सवारी साधन किन्न । अटोमोबाइल अन्तर्गत अझ...
भारतमा राइड सेयरिङ कम्पनी ओलाले बजारमा उपलब्ध गराउने ओला इलेक्ट्रिक...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाइड्रोजन गाडी चढ्ने तयारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...