बिएमडब्लु कारको गुणस्तर नियन्त्रणमा एआईको प्रयोग

आर्टिफिसियल इन्टेलिजेन्स(एआई) ले विश्वभर चर्चा पाएको छ । डेटा विश्लेषण गर्नेदेखि यथार्थपरक तस्बिर तथा भिडियोहरू सिर्जना गर्ने र रोगहरूको निदान गर्नेसम्मका कार्यहरु एआईको प्रयोगमार्फत हुँदै आएको छ । अटोमोबाइल क्षेत्रमा पनि यसको प्रयोग व्यापक बन्दै गएको छ ।

जर्मन कार निर्माता बिएमडब्लुले आफ्ना सवारीसाधनहरूको गुणस्तर सुधार गर्न एआई प्रयोग गरिरहेको छ । जर्मनीको रेजेन्सबर्गमा रहेको प्लान्टले ‘जेन एआईफोरक्यू’ नामक पाइलट परियोजना नै सञ्चालन गरी सवारी साधनको गुणस्तर नियन्त्रणलाई पहिलेभन्दा छिटो र भरपर्दो बनाउन थालेको हो ।

यो नयाँ प्रविधिले प्रत्येक दिन निर्मित १ हजार ४०० हाराहारी सवारी साधनको निरीक्षण गर्दै आएको छ । प्लान्टमा हरेक ५७ सेकेन्डमा एउटा नयाँ कार एसेम्बली लाइनबाट बाहिर निस्कन्छ । हालका लागि बिएमडब्लुले सुरु गरेको यो नयाँ प्रबिधीलाई भोलिका दिनमा अन्य अटो निर्माताले समेत प्रयोगमा ल्याउने सहजै अनुमान गर्न सकिन्छ ।

यो नयाँ प्रविधि बिएमडब्लु र म्युनिखमा रहेको स्टार्टअप कम्पनी डाटागन एआईले संयुक्त रूपमा विकास गरेको हो । यो प्रविधिले सवारी साधनको मोडेल र स्थापित उपकरणदेखि सम्बन्धित उत्पादन जानकारीसम्मको ठूलो मात्रामा डेटाको विश्लेषण गर्दछ ।

सम्बन्धित समाचारहरू

टीभीएसको होसुर प्लान्टमा बीएमडब्लु एफ ४५० को उत्पादन सुरु

टीभीएसको होसुर प्लान्टमा बीएमडब्लु एफ ४५० को उत्पादन सुरु

भारतमा बीएमडब्लु एफ ४५० जीएसको उत्पादन सुरु भएको छ । नयाँ एड्भेन्चर बाइक...

कार भन्दा बढी पावरफुल भएको नयाँ स्पोर्टस् बाइक सार्वजनिक

कार भन्दा बढी पावरफुल भएको नयाँ स्पोर्टस् बाइक सार्वजनिक

बीएमडब्ल्यु मोटराडले अन्तर्राष्ट्रिय बजारमा नयाँ स्पोर्ट्स टुरर बाइक आर...

भारतमा मूल्य घट्दा नेपालमा साढे ३ लाख बढी मूल्यमा बीएमडब्लु मोटरसाइकल, यस्तो छ कारण

भारतमा मूल्य घट्दा नेपालमा साढे ३ लाख बढी मूल्यमा बीएमडब्लु मोटरसाइकल, यस्तो छ कारण

काठमाडौं – नेपाली बजारमा बीएमडब्लुका दुई मोटरसाइकल बीएस६ जी ३१० जीआर र जी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...