बीएमडब्ल्युको इलेक्ट्रिक स्पोर्ट्स एक्टिभिटी भेइकल आईएक्स१ नेपालमा, मूल्य १ करोड ४९ लाख ९६ हजार
काठमाडौं – बीएमडब्ल्युको आईएक्स वान इलेक्ट्रिक एसएभी अर्थात स्पोर्ट्स...
बीएमडब्लू मोटोरार्ड इन्डियाले आफ्नो नयाँ इन्ट्री लेभल मोटरसाइकल एड्भेन्चर एफ ४५० जीएस लन्च गरेको छ । बेस, एक्सक्लुसिभ र जीएस ट्रफी गरी कुल तीन भेरिएन्टमा उपलब्ध यस मोटरसाइकलको सुरुवाती मूल्य ४ लाख ७० हजार भारु निर्धारण गरिएको छ ।
नयाँ मोडलले हाल बिक्री हुँदै आएको जी ३१० जीएसलाई प्रतिस्थापन गर्ने बताइएको छ । नयाँ मोटरसाइकललाई बीएमडब्लूले टीभएएको होसुर प्लान्टबाट रोलआउट गरेको हो ।
सो नयाँ मोटरसाइकलको डिजाइन आर १३०० जीएसबाट प्रेरित छ । यसमा क्वाड एलईडी डीआरएलएस सहतिको एलईडी हेडल्याम्प राखिएको छ ।
एफ ४५० मा नयाँ ४२० सीसी , लिक्वड कुल्ड, प्यारलल ट्विन इन्जिन जडान गरिएको छ, जसले ८,७५० आरपीएममा ४८ बीएपची पावर र ६,७५० आरपीएममा ४३ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई ६ स्पिड गियर बक्ससंग जोडिएको छ ।
सो नयाँ मोटरसाइकलमा बीएमडब्लूलले यूएसडी फोर्क र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध गराएको छ । बाइकको अगाडि १९ इन्चको ह्विल र पछाडि १७ इन्चको आकर्षक एलोई ह्विल राखिएका छन् । साथ, यसको ट्रफी भेरिएन्टमा अलि बलियो सेटअप छ, जसमा ट्युबलेस टायर सहितको वायरस्पोक ह्विल उपलब्ध गराइएको छ ।
मोटरसाइकलको बेस भेरिएन्टमा रेन, रोड र एन्डुरो गरी कुल तीनवटा राइडिङ मोडका साथ अप्सनमा बाई–डाइरेक्सनल क्विक शिफ्टर उपलब्ध गराएको छ । त्यसैगरी, एक्सक्लुसिभ र ट्रफी भेरिएन्टमा अतिरिक्त एन्डुरो प्रो मोड दिइएको छ । यी दुई भेरिएन्टमा एड्जस्टेवल सस्पेन्सन र बीएमडब्लूलको इजी राइड क्लच प्रणाली समेत पाउन सकिन्छ ।
बाइकमा ब्लुटुथ कनेक्टिभिटी, कर्नरिङ ट्र्याक्सन कन्ट्रोल, डायनमिक ब्रेक कन्ट्रोल सहतिको एबीएस र ६.५ इन्चको टीएफटी डिस्प्ले लगायत फिचर सामेल गरिएका छन् ।
काठमाडौं – बीएमडब्ल्युको आईएक्स वान इलेक्ट्रिक एसएभी अर्थात स्पोर्ट्स...
विएमडव्ल्यूले आफ्नो लोकप्रिय मोटरसाइकल जी ३१० आरलाई अपडेट गरेर बजारमा...
काठमाडौं – बीएमडब्ल्युको पहिलो इलेक्ट्रिक स्पोर्टस् एक्टिभिटी भेइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...