विस्तारित हुँदैछ टु ह्विलरको बजार, अबको १० वर्षसम्म वार्षिक ३ लाखको दरले बिक्री हुने प्रक्षेपण
पछिल्लो केही वर्षयता टु ह्विलको बजार तीव्र दरमा वृद्धि भैरहेको छ । यातायात...
बिएमडब्लु मोटोरार्डले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर सिई ०४ लाई भारतमा लन्च गरेको छ । भारतीय बजारमा सबैभन्दा महँगो ई–स्कुटरका रुपमा लन्च भएको सो स्कुटरको मूल्य १४ लाख ९० हजार भारु तोकिएको छ ।
प्रिमियम म्याक्सी–स्कुटरका रुपमा आएको यसको अगाडि र फ्ल्याट सिटमा एकीकृत एलईडी डीआरएलसहित डुअल एलईडी हेडल्याम्प दिइएको छ । स्कुटरमा बिल्ट–इन नेभिगेसन र कनेक्टिभिटीको साथ १०.२५ इन्चको कलर टिएफटी इन्स्ट्रुमेन्ट कन्सोल राखिएको छ ।
स्कुटरको लम्बाइ २२८५ एमएम चौडाई ८५ एमएम र उचाई ११५० एमएम तथा ह्वीलबेस १६७५ एमएम छ । सिटको उचाइ ७८० एमएम छ, जसलाई कम्फर्ट सिटको साथ ८५५ एमएमसम्म बढाउन सकिन्छ ।
सो नयाँ स्कुटरमा लिक्विड–कुल्ड इलेक्ट्रिक मोटर जडान गरिएको छ । जसले, ४१ बिएचपी पावर र ६२ एनएम टर्क जेनेरेट गर्दछ । साथै यसले २.६ सेकेन्डमा ०–५० किलोमिटर प्रतिघण्टाको गतिमा स्प्रिन्ट गर्न सक्छ भने १२० किलोमिटर प्रतिघण्टाको उच्च गति पकड्न सक्छ ।
सो नयाँ स्कुटरमा बिएमडब्लुले ८.९ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । जसको रेन्ज १३० किलोमिटर दावी गरिएको छ । स्कुटरमा २.३ किलोवाटको चार्जरका साथ विकल्पको रूपमा बिएमडब्लु वालवक्स चार्जर समेत उपलब्ध गराइएको छ । ब्याट्रीलाई सून्यदेखी ८० प्रतिशतसम्म चार्ज गर्न ३ घण्टा ३० मिनेट लाग्छ ।
पछिल्लो केही वर्षयता टु ह्विलको बजार तीव्र दरमा वृद्धि भैरहेको छ । यातायात...
सुर्खेत – जोङसेन ब्रान्डका मोटरसाइकल र स्कुटर कर्णाली प्रदेशको राजधानी...
काठमाडौंः बीएमडब्लू गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी प्रिमियम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...