विस्तारित हुँदैछ टु ह्विलरको बजार, अबको १० वर्षसम्म वार्षिक ३ लाखको दरले बिक्री हुने प्रक्षेपण

पछिल्लो केही वर्षयता टु ह्विलको बजार तीव्र दरमा वृद्धि भैरहेको छ । यातायात व्यवस्था विभागको तथ्यांकलाई हेर्दा हालसम्म ३३ लाख बढी टु ह्विलर दर्ता भएका छन् । ५ बर्षअघि उक्त संख्या २० लाख हाराहारीमा रहेको थियो । यस हिसावले हेर्दापनि पछिल्लो ५ वर्षयता औसत वार्षिक ३ लाख हाराहारीले टु ह्विलर साधनको बिक्री भएको देख्न सकिन्छ ।

केही वर्षअघिसम्म यस्ता साधनको बिक्री ठूला सहरमा बढी केन्द्रित रहँदै आएकोमा पछिल्लो समय दुरदराजका ग्रामीण भेगमा समेत विस्तार भैरहेको छ । पूर्वाधार निर्माणले गति लिएका कारण पनि यी क्षेत्रमा टु ह्विलरको बजारले गति लिन थालेको हो । ५ बर्षअघिसम्म कुल बिक्री हुने टु ह्विलरको ७० प्रतिशत काठमाडौं उपत्यकासहित केही ठूला सहरहरुमा हुने गरेको र बाँकी ३० प्रतिशतको बजार अन्य साना सहरहरुमा रहँदै आएको थियो । तर अहिले यो समीकरण ठिक उल्टो हुँदै गएको र फलरुवरुप ७० प्रतिशत बाहिर र ३० प्रतिशत उपत्यका लगायत केही ठूला सहरहरुमा हुने गरेको विभिन्न तथ्यांकहरुले देखाएको छ । यो समीकरण अबको केही वर्षसम्म रहिरहने र विस्तारै टु ह्विलरको बजार ग्रामीण भेग केन्द्रित हुँदै जाने देखिन्छ ।

ठूला सहरमा सवारीसाधनको चाप अत्याधिक बढ्नु, यो क्षेत्रमा बसोबास गर्ने मानिसहरु विस्तारै टु ह्विलरबाट फोर ह्विलरमा अपग्रेड हुँदै जानु र अर्कोतर्फ ग्रामीण भेगमा पूर्वाधारको विकासले तिव्रता पाउँदै जानु लगायत कारणले पनि टु ह्विलरको बजारले नयाँ गन्तव्यमा बजार बढाउँदै जाने देखिएको हो । यी भेगमा यस्ता साधनको बिक्री बढाउन रेमिट्यान्सले समेत ठूलो भुमिका खेलिरहेको छ ।

रोजगारीका लागी खाडीलगायत अन्य मुलुकमा जाने ब्यक्तिको संख्या ग्रामीण भेगबाटै बढी हुने कारण अहिले यी क्षेत्रमा नगदको प्रवाह समेत निकै राम्रो देखिएको छ । जसको सिधा असर टु ह्विलर बिक्रीमा देखिन थालेको हो । जसले गर्दा पनि अबको १० बर्षसम्म ग्रामीण भेगमा टु ह्विलरको माग उच्च गतिमा बढ्ने स्वयं व्यवसायीहरुले समेत आँकलन गरेका छन् ।

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्री टु ह्विलरको बजार काठमाडौंबाट बाहिरी सहरहरुमा स्थान्तरण हुँदै गएको स्विकार्छन् । उनी भन्छन, ‘अहिले काठामाडौं बाहिरको बजारमा मोटरसाइकल र स्कुटरको माग बढी रहेको छ । जसका कारण आयातकर्ता कम्पनीहरुले समेत यी क्षेत्रमा शोरुमलगायत बिक्री पछिको सेवा उपलब्ध गराउने सर्भिस सेन्टर र स्पेयर पार्ट्सको सञ्जाल विस्तार गरिरहेका छन् ।’ एकातर्फ नयाँ गन्तव्यमा यस्ता साधनको बजार बिस्तार हुँदै जाने र अर्को तर्फ नयाँनयाँ मोडलका साधन भित्रिदै जाँदा पुरानोबाट अपग्रेड भएर नयाँ साधन खरिद गर्ने ग्राहक समेत बढ्ने देखिन्छ ।

यसले पनि अबको एक दशकसम्म नेपालमा वार्षिक ३ लाखको दरले टु ह्विलरको बजार बढ्ने देखिएको हो । हाल दर्ता भएको सवारीसाधनलाई आधार मानेर करिब ३ लाख मोटरसाइकल तथा स्कुटर काम नलाग्ने अवस्थामा रहेको अनुमान गर्दा पनि अहिले सडकमा ३० लाख हाराहारीको संख्यामा टु ह्विलर गुडिरहेका छन् । यसको ५ प्रतिशतमात्र एक्सचेन्जमा जाने हो भनेपनि वार्षिक १ लाख ५० हजार नयाँ मोटरसाइकल यसैबाट बिक्री हुने र बाँकी १ लाख ५० हजार नयाँ ग्राहक थपिने क्षेत्रीले प्रक्षेपण गरेका छन् । यसकै आधारमा पनि टु ह्विलरको बिक्री अबको एक दशकसम्म ३ लाखबाट तल नझर्ने देखिन्छ ।

सम्बन्धित समाचारहरू

लेभल-२ एडास र ट्र्याक्सन कन्ट्रोल सहित बीएमडब्ल्युको सबैभन्दा सस्तो कार भारतमा लन्च

लेभल-२ एडास र ट्र्याक्सन कन्ट्रोल सहित बीएमडब्ल्युको सबैभन्दा सस्तो कार भारतमा लन्च

बीएमडब्ल्यु इन्डियाले १७ जुलाई २०२५ मा भारतीय बजारमा आफ्नो नयाँ पुस्ताको...

आकर्षक लुक सहित होन्डाले अन्तर्राष्ट्रिय बजारमा ल्यायो ३०० सीसीको एड्भेन्चर बाइक

आकर्षक लुक सहित होन्डाले अन्तर्राष्ट्रिय बजारमा ल्यायो ३०० सीसीको एड्भेन्चर बाइक

होन्डाले होन्डा एक्सआरई ३०० को २०२१ भर्सन लन्च गरेको छ । कम्पनीले सो बाइक...

हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्न लन्च गरिदै फक्सवागन, होन्डा र एमजीका नयाँ एसयूभी

हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्न लन्च गरिदै फक्सवागन, होन्डा र एमजीका नयाँ एसयूभी

मिड साइज एसयूभी सेगमेन्टको लोकप्रियता दिनानुदिन बढ्दै गइरहेको छ । हालै सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...