बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भ, ई.मास ५ सार्वजनिक
बीरगञ्ज–प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स...
काठमाडौँ - चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन्।
उक्त अवधिमा रु पाँच अर्ब ६५ करोडबराबरका ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय वाहन आयात भएका छन्। सोही अवधिमा रु १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार बराबरका ५१ किलोवाटदेखि १०० किलोवाटका छ हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्।
यो वर्षको जेठ महिनामा नेपालमा २ हजार २४० इलेक्ट्रिक कार अर्थात ईभी भित्रिएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार २०८३ जेठ महिनामा सो संख्यामा ईभी भित्रिएका हुन् ।
यो भन्दा पहिले चालु आर्थिक वर्षमा गत बैशाख महिना सम्म नेपालमा १ हजार ४३४ ईभी अर्थात कार, जिप र भ्यान भित्रिएका थिए । जेठ महिना सम्म नेपालमा १० हजार ८४५ ईभी भित्रिएका छन् ।
सामान्यतः बैशाख र जेठ महिनामा नेपालमा धेरै ईभी भित्रिने गरेको रेकर्ड छ । यो भन्दा पहिले गत वर्ष अर्थात २०८२ जेठमा मात्र ३ हजार ६३३ ईभी भित्रिएका थिए भने बैशाखमा १ हजार ८९२ ईभी आयात भएका थिए । यो भन्दा अघिल्लो आर्थिक वर्षको समय अर्थात २०८१ जेठमा मात्र करिव ३ हजार हाराहारी अर्थात २ हजार ९६५ ईभी नेपाल भित्रिएका थिए ।
यस अनुसार उक्त आर्थिक वर्षमा नेपाल भित्रिएका ईभीमध्ये जेठ महिनामा मात्र २६ प्रतिशत ईभी भित्रिएका थिए । त्यसैगरी सोही वर्षको बैशाख महिनामा १ हजार ४०४ ईभी नेपाल भित्रिएका थिए । यस अनुसार चालु आर्थिक वर्षको जेठ महिनामा कम ईभी भित्रिएका छन् ।
नेपाल भित्रिने ईभी मध्ये अधिकांश चीन र भारतबाट भित्रिने गरेका छन् १०० किलोवाट सम्मका धेरै भित्रिने गरेको पाइन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...