डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक, पहिलो ५० जना ग्राहकलाई विशेष छुटको व्यवस्था
काठमाडौं–चीनको सरकारी स्वामित्वमा रहेको सवारी उत्पादक कम्पनी डोङफेङका...
शाओमीले अटोमोबाइल क्षेत्रमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीको नयाँ इलेक्ट्रिक क्रसओभर वाईयू७ जीटीले जर्मनीको प्रसिद्ध रेस ट्र्याक नुर्बुर्गरिङ नोर्डश्लाइफेमा चालकको कुनै हस्तक्षेपबिना पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेको हो।
करिब २१ किलोमिटर लामो सो ट्र्याक वाईयू७ जीटीले १० मिनेट २९.४८३ सेकेन्डमा पूरा गरेको कम्पनीले जनाएको छ । रेसिङको दृष्टिकोणले यो समय अत्यन्तै छिटो नभए पनि चालकको कुनै सहयोगबिना यति जटिल ट्र्याक सफलतापूर्वक पार गर्नु प्रविधिका लागि ठुलो उपलब्धि मानिएको छ। रेसको समयमा कारले कहाँ स्पिड बढाउने, कहिले ब्रेक लगाउने र कुन गतिमा मोड पार गर्ने भन्ने सबै निर्णय आफैं गरेको थियो।
चालकको सहायतामा सोही ट्र्याक सो कारले केवल ७ मिनेट ३४.९३१ सेकेन्डमा पूरा गरेको थियो। सो कारको ब्याट्रीले करिब १ हजार हर्सपावर जेरेरेट गर्छ । कारले ३ सेकेन्डभन्दा कम समयमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्छ ।
सो कारले मोडअघि नै ब्रेक लगाउने, ट्र्याकको किनाराबाट टाढा रहने र सुरक्षित मार्ग रोज्ने निर्णय आफै गर्ने गरेको स्पष्ट देखिन्छ। यही कारण चालकसहितको समयभन्दा चालकविहीन यात्राले करिब ३ मिनेट बढी समय लिएको अनुमान गरिएको छ।
यद्यपि शाओमीले कारले रेस ट्र्याकको पूर्वनिर्धारित नक्सा प्रयोग गरेको हो वा वास्तविक समयमा आफैं निर्णय गर्दै सञ्चालन भएको हो भन्ने विषयमा स्पष्ट जानकारी दिएको छैन।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...