अजित कुमारलाई नेपाल घुमाउने सहयोगीले पाए १९ लाखको बीएमडब्ल्यु बाइक
काठमाडौँ – दक्षिण भारतीय अभिनेता अजित कुमारले आफूलाई नेपाल घुमाउन सहयोग...
सुर्खेत – जोङसेन ब्रान्डका मोटरसाइकल र स्कुटर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पाइने भएका छन् । वीरेन्द्रनगरको चाइना पुल नजिक हिमालय बैंक बसेको घरमा जोङसेन ब्रान्डका मोटरसाइकलको सोरूम बिहिबार उद्धघाटन गरिएको छ ।
उक्त ‘कर्णाली मोटर हब’ सोरूमको समुदघाटन सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले गरेका हुन् भने सोरुम सञ्चालक राजन विष्ट रहेका छन् ।
नेपाली बजारमा केही दिन पहिले मात्र जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले भित्र्याएको थियो । त्यस पछिको दास्रो डिलरको रुपमा वीरेन्द्रगरमा बिहिबार देखि सोरुम सञ्चालनमा आएको हो ।
हाल नेपाली बजारमा जोङसेनको
आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी६ स्कुटर नेपाली बजारमा भित्रिएको छ । यी मोटरसाइकल र स्कुटरको मूल्य क्रमशः ६ लाख १९ हजार, २ लाख ७९ हजार र २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ ।
जोङसेन आरएक्स–३ एड्भेन्चर मोटरसाइकल हो । यसमा २४९.६ सीसीको सिंगल सिलिन्डर फोर भल्व वाटरकुल्ड इन्जिन छ, जसले १८.५ किलोवाट पावर र २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स जडान गरिएको छ ।
एड्भेन्चरका लागि उपयुक्त भएकाले यसमा सेगमेन्टकै सबैभन्दा बढी १५ लिटरको इन्धन ट्यांकी छ । त्यसैगरी ८२० एमएम सिट हाइट भएको यो मोटरसाइकलमा करिव १ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने ४५ लिटर क्षमताको आल्मुनियम बक्स निःशुल्क उपलब्ध हुन्छ ।
यो मोटरसाइकलमा बीएमडब्ल्युको जस्तै स्लिक बम्पर छ भने फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मोबाइल चार्जिङका लागि युएसबी पोर्ट समेत छ । २१० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा बताइएको छ भने सिंगल रियर सक, दुवै पांग्रामा डिस्क ब्रेक आदि विभिन्न फिचर उपलब्ध छन् ।
जेड–वान स्ट्रिट बाइक हो र यो विशेष गरी प्रौढ उमेरका ग्राहकलाई लक्ष्यित गरी डिजाइन गरिएको छ । यसमा १८० सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ११.५ किलोवाट पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स छ । १८ लिटरको इन्धन ट्यांकी भएको यो मोटरसाइकलको टप स्पिड ११० किलोमिटर प्रतिघण्टा छ । यसमा ७६० एमएमको सिट हाइट छ भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ ।

जेडटी६ स्कुटरमा १२५ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ, जसले ६.८ किलोवाट पावर र ९ एनएम टर्क जेनेरेट गर्छ । ६ लिटरको इन्धन ट्यांकी भएको यो स्कुटरमा अलोय ह्विल, डबल रियर सक, डिजिटल मिटर आदि विभिन्न विशेषता छन् ।
दुई पांग्रे सवारी र इन्जिन उत्पादनको लागि चीनका मुख्य ५ कम्पनीहरुमा जोङसेन समेत पर्छ । विगत ३० वर्ष देखि उत्पादन थालेको जोङसेनले विश्वका ५० भन्दा बढी देशमा यो कम्पनीका मोटरसाइकल बिक्री–वितरण गरिरहेको छ । जोङसेनले प्रयोग गर्ने विभिन्न पार्ट्सका लागि हार्ले र पियाजियोसँग समेत सहकार्य गरेको छ । जोङसेन अन्तर्गतको प्रिमियम ब्रान्ड साइक्लोनले उत्पादन गरेका यी मोटरसाइकल र स्कुटर युरो ४ स्ट्यान्डर्डका छन् ।
नेपाली बजारमा बिक्री पछिको सेवाका लागि समेत प्रतिबद्ध भएको रिजोन मोटर्सले जनाएको छ । आगामी दिनमा अन्य विभिन्न मोडल र इलेक्ट्रिक सेगमेन्ट समेत नेपाली बजारमा भित्र्याउने रिजोन मोटर्सले बताएको छ । मोटरसाइकल र स्कुटर मर्मतका लागि आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराउने र मोबाइल एपबाटै निगरानी गर्नुका साथै आवश्यक सरसल्लाह दिने बताइएको छ । त्यसैगरी नेपालमै पहिलो पटक ७ वर्ष सम्मको इन्जिन वारेन्टी प्रदान गरिने समेत रिजोन मोटर्स बिजनेसका म्यानेजिङ डाइरेक्टर खगेन्द्र बस्नेतले बताए ।
काठमाडौँ – दक्षिण भारतीय अभिनेता अजित कुमारले आफूलाई नेपाल घुमाउन सहयोग...
काठमाडौं– टिभिएसले भारतमा बनाएको बिएमडब्लु सिई–०२ इलेक्ट्रिक स्कुटरको...
पछिल्लो केही वर्षयता टु ह्विलको बजार तीव्र दरमा वृद्धि भैरहेको छ । यातायात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...