बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न

काठमाडौं - बजाज नेपालले Wheels of Memory फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ। यो प्रतियोगिताले राइडरहरू मात्र नभई नेपालको समृद्ध सांस्कृतिक पाटोलाई पनि सम्मान गरेको छ।

प्रतियोगितामा नेपालभरिका बजाज राइडरहरूलाई १२ नेपाली महिनाहरू प्रतिनिधित्व गर्ने तस्बिरहरू शेयर गर्न आमन्त्रण गरिएको थियो।

यो अभियानले उल्लेख्य सहभागितासँगै बजाज र ग्राहकहरूबीचको बलियो सम्बन्धलाई नेपालका विभिन्न स्थान, समय र सन्दर्भ अनुसार अझै आत्मीय रुपमा झल्काउने अवसर प्रदान गरेको कम्पनीकाे भनाइ छ ।

प्रतियोगितामा ७० भन्दा बढी सहभागीहरूबाट सिर्जनात्मक,कलात्मक र भावनात्मक तस्बिरहरू प्राप्त भएको र तीमध्ये बहुपक्षीय मूल्याङ्कन अनुरुप १२ जना विजेता छनोट गरिएको छ। सम्मान स्वरुप यी १२ फोटोग्राफीलाई आगामी बजाज नयाँ वर्ष २०८२ को आधिकारिक  क्यालेन्डरमा विशेष स्थान दिइने कम्पनीको योजना छ।

प्रत्येक विजेताले १० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पनि जित्नेछन्। विजेता तस्बिरहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन गरिनेछ, जुन वैशाख १६ देखि २७ गतेसम्म भृकुटीमण्डपमा भइरहेको छ।

कर्निभलमा ग्राहकहरूका लागि आकर्षक अफरहरू छन् । कुनै पनि बजाज बाइक मात्र नागरिकताकै भरमा शून्य सर्भिस चार्जमै खरिद गर्न सकिन्छ। साथै अन द स्पट फाइनान्स सुविधा, निःशुल्क एसेसरिज र २० भन्दा बढी विज्ञ मूल्यांकनकर्ताहरुबाट ग्यारेन्टी गरिएको उच्चतम मूल्यांकनको व्यवस्था छ। नयाँ बाइक खरिदकर्ताहरूले बजाज खुसीको मिटर खेल्ने अवसर समेत पाउनेछन्, जसबाट थप आकर्षक पुरस्कारहरु जित्न सकिन्छ।

हंसराज हुंलासचन्द एन्ड कम्पनीका मार्केटिङ विभाग प्रमुख अमितराज चालिसेले भने, “Wheels of Memory प्रतियोगिता हाम्रो ब्रान्ड र ग्राहकहरूबीचको आत्मीय सम्बन्ध झन् मजबुत बनाउन गरिएको प्रयास हो। प्रत्येक नेपाली महिनालाई सम्मान गर्दै, बाइक प्रेमीहरूको जोश, सृजनशीलता र समर्पणलाई समेट्न पाउँदा हामी निकै उत्साहित छौं। यो अभियानले ग्राहकहरूलाई अझ नजिक ल्याएको छ र हाम्रो यात्रालाई थप अर्थपूर्ण बनाएको छ।”

बजाज मोटरसाइकलकाे स्टाइल, प्रफर्मेन्स र बजेटका हिसाबले नेपालमा लामो समयदेखि विश्वासिलो ब्रान्ड  बनिरहेको छ। Wheels of Memory जस्ता अभियानहरूमार्फत बजाजले नेपाली बाइकिङ समुदायसँगको सम्बन्ध अझ बलियो बनाउँदै गएको बताएको छ।

सम्बन्धित समाचारहरू

औपचारिक लन्च पहिले बजाजको नयाँ बाइक एन१२५ को झलक सार्वजनिक

औपचारिक लन्च पहिले बजाजको नयाँ बाइक एन१२५ को झलक सार्वजनिक

बजाज अटोले चाँडै नै आफ्नो नयाँ बाइक पल्सर एन१२५ लन्च गर्न लागेको छ ।...

पल्सर २२०एफ : २४ गते भन्दा पहिले किन्दा २० हजार सिधै फाइदा

पल्सर २२०एफ : २४ गते भन्दा पहिले किन्दा २० हजार सिधै फाइदा

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

२ लाख १६ हजार बुझाएर लिन सकिन्छ पल्सर २०० एनएस एबीएस एफआई

२ लाख १६ हजार बुझाएर लिन सकिन्छ पल्सर २०० एनएस एबीएस एफआई

नेपाली बजारमा पछिल्लो समयमा भित्रिएको बजाजको नयाँ मोटरसाइकल हो पल्सर २००...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...