बुटवलमा पल्सर आरपीएम सम्पन्न, युवाको ऊर्जा र प्रतिभाको भव्य प्रदर्शन
काठमाडौं – युवापुस्ताको ऊर्जा, सृजनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा...
काठमाडौं–बजाजले ग्राहकलाई पुरानो बाइकबाट नयाँ मोटरसाइकलमा अपग्रेड हुने अवसरसहितको ‘गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ ।
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि.ले सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर’ अभियानअन्तर्गत आयोजना गरिएको कार्निभल असोज २२ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने जनाइएको छ ।
कार्निभलमा पुरानो मोटरसाइकललाई नयाँ बजाज मोटरसाइकलसँग एक्सचेन्ज गर्न चाहने ग्राहकले २२ भन्दा बढी मूल्य निर्धारणकर्तामार्फत आफ्नो बाइकको मूल्यांकन गराउन सक्नेछन् । यसले ग्राहकलाई आफ्नो पुरानो मोटरसाइकलको प्रतिस्पर्धात्मक मूल्यांकन गराई नयाँ बजाज मोटरसाइकल खरिद गर्ने अवसर प्रदान गर्नेछ ।
एक्सचेन्जसँगै ग्राहकले नगद छुट, निःशुल्क एसेसरिज तथा तत्काल फाइनान्स सुविधा समेत प्राप्त गर्न सक्नेछन् । यसका कारण पुरानो मोटरसाइकलबाट नयाँ बजाजमा अपग्रेड गर्न चाहने ग्राहकका लागि कार्निभल थप सहज हुने कम्पनीको भनाइ छ ।
कार्निभललाई केवल मोटरसाइकल खरिद तथा एक्सचेन्जमा सीमित नराखी विभिन्न मनोरञ्जनात्मक तथा सहभागितामूलक गतिविधि समेत समावेश गरिएको छ । विशेषगरी ‘शो योर पावर’ लगायतका गतिविधिमार्फत ग्राहक तथा मोटरसाइकलप्रेमीलाई आफ्नो क्षमता, उत्साह र रुचि प्रदर्शन गर्ने अवसर प्रदान गरिनेछ ।
दशैं–तिहारको समयमा नयाँ मोटरसाइकल खरिद गर्ने योजना बनाएका ग्राहकका लागि कार्निभल उपयुक्त अवसर बन्न सक्ने कम्पनीको अपेक्षा छ । ग्राहकले असोज २२ देखि २९ गतेसम्म भृकुटीमण्डप पुगेर एक्सचेन्ज, मूल्यांकन, फाइनान्स तथा अन्य उपलब्ध अफरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...