बुटवलमा पल्सर आरपीएम सम्पन्न, युवाको ऊर्जा र प्रतिभाको भव्य प्रदर्शन

काठमाडौं - युवापुस्ताको ऊर्जा, सृजनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै आयोजना गरिएको ‘पल्सर आरपीएम’ बुटवलमा सफलतापूर्वक सम्पन्न भएको छ ।

बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा सम्पन्न उक्त कार्यक्रममा दुई हजार ५०० भन्दा बढी युवा तथा दर्शकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

कार्यक्रममा बाइक स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, बिबोइङ, ग्राफिटी तथा डिजे प्रस्तुतिका साथै सडक संस्कृतिसँग सम्बन्धित थुप्रै गतिविधिहरू प्रस्तुत गरिएका थिए । विशेष गरी पल्सर एन१६० मार्फत गरिएको रोमाञ्चक बाइक स्टन्ट प्रदर्शनले दर्शकहरूलाई आकर्षित गरेको थियो ।

स्थानीय डिजे पिज्जा र डिजे नकआउटको सांगीतिक प्रस्तुतिले कार्यक्रमको माहोल अझ भब्य बनाएको थियो ।

सहभागीहरूलाई मोटरसाइकलको प्रत्यक्ष अनुभव दिलाउन पल्सर एन१६० र एनएस२०० को डिस्प्ले तथा टेस्ट राइड जोनको व्यवस्था गरिएको थियो । साथै कफी, विभिन्न स्वादिला खानाका परिकार र गिफ्ट पप–अप स्टलहरूले कार्यक्रमलाई थप अन्तरक्रियात्मक र आकर्षक बनाएका थिए ।

पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभा र युवा समुदायलाई आफ्नो सीप, रुचि र सृजनशीलता देखाउने मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

काठमाडौँबाट सुरु भएको पल्सर आरपीएमको यो यात्रा बुटवलसम्म आइपुग्दा स्थानीय युवासँग अझ नजिकिएको छ र आयोजक बजाज पल्सरले आगामी दिनमा यो यात्रालाई अन्य नयाँ शहर र समुदायसम्म लैजाने जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...