बजेटको असर : बजाज डोमिनार २५० मा एकै पटक बढ्यो ४७ हजार मूल्य
काठमाडौं – नेपाली बजारमा बजाज डोमिनार २५० को मूल्य एकैपटक ४७ हजार...
नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको बजाज पल्सर २२०एफ अब नयाँ फिचर सहित नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले फुल डिजिटल कन्सोल, फ्यल इन्जेक्सन प्रविधि, एबीएस र नयाँ आकर्षक ग्राफिक्स लगायतका विभिन्न फिचर थप गरिएको मोटरसाइकल उपलब्ध गराएको हो ।
बाइकमा देखिने सबैभन्दा आकर्षक फिचर यसको कलर हो । यो पहिले भन्दा थप आकर्षक ग्राफिक्स सहित उपलब्ध छ । पहिले झैं उही सेमी–फेयर्ड डिजाइनमा आएको सो नयाँ संस्करणको बाइक गोल्डल एक्सेन्टसहित ब्ल्याक र ओरेन्ज हाइलाइट सहितको गाढा हरियो शेडमा उपलब्ध रहेको छ ।
यसमा भएको फुल डिजिटल कन्सोलले पनि यो पहिले भन्दा फरक छ भन्ने देखाउछ । यसमा ब्लुटुथ कनेक्टिभिटी, स्प्लिट डिजिटल एनालग मिटर, राइड कनेक्ट एप, टर्न बाई टर्न नेभिगेसन, कल एक्सेप्ट र रिजेक्ट जस्ता डिजिटल सुविधा पाइन्छन् ।
राइडरको सुरक्षालाई ख्याल गर्दै यो बाइकमा डबल च्यानल एबीएस दिइएको छ । यो भन्दा पहिलेको मोडलमा सिंगल च्यानल एबीएस मात्र थियो । यसले गर्दा फ्रन्ट र रियर ब्रेकिङलाई अझै मजबुत बनाउछ ।
यसमा नयाँ बीएस६ मापदण्डयुक्त २२० सीसीको फोर स्ट्रोक डीटीएस–आई, आयल–कुल्ड सिंगल सिलिन्डर इन्जिन छ, जसले २१ पीएस पावर र १८.५५ एनएम टर्क जेनेरेट गर्छ ।
पल्सर २२० एफमा कम्पनीले पहिलो पटक फुल एलईडी हेडलाइट दिएको हो । यसमा साइड इन्डिकेटर्स पनि स्ट्याण्डर्ड नयाँ एलईडी छ । एलईडीका कारण रातको समयमा अझै उत्कृष्ट भिजिबिलिटी उपलब्ध हुन्छ ।
यसमा अन्य फिचरहरु भने यथावत रहेका छन् । यसमा १५ लिटरको फ्युल ट्यांक, १६५ एमएम ग्राउन्ड क्लियरेन्स लगायतका फिचर छन् ।
नयाँ पल्सर २२० एफ एफआई बीएस६ को मूल्य ४ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ । फिचर अपग्रेडसँगै यो पहिले भन्दा २० हजार रुपैयाँ बढी मूल्यमा उपलब्ध भएको हो । हाल यसको बुकिङ र टेस्ट राइड समेत गर्न सकिने सुविधा उपलब्ध छ ।
काठमाडौं – नेपाली बजारमा बजाज डोमिनार २५० को मूल्य एकैपटक ४७ हजार...
भारतको दिग्गज टु ह्विलर कम्पनी बजाज अटोले बजाज पल्सर २५० रेन्जमा दुई...
बजाज अटोले हालै पल्सर एनएस४००जेड लन्च गरिसकेको छ। यो कम्पनीको पल्सर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...