यस्तो छ १५३ किमी रेन्जसहित बजाज चेतककाे सबैभन्दा कम मूल्यकाे स्कुटर

बजाज अटोले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतक ३५ शृङ्खलाको सबैभन्दा सस्तो भेरिएन्ट, ३५०३ लन्च गरेको छ। यसको एक्स-शोरूम मूल्य १ लाख १० हजार भारु राखिएको छ।

नयाँ चेतक ३५०३ मा ३.५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ, जसले एकपटकको फुल चार्जमा १५३ किलोमिटरको आईडीसी प्रमाणित रेन्ज दिने कम्पनीको दाबी छ। स्कुटरको अधिकतम गति ६३ किलोमिटर प्रतिघण्टा हुनेछ।

नयाँ चेसिस फ्रेममा निर्माण गरिएको चेतक ३५०३ मा ब्याट्री प्याक भुइँको बोर्डमुनि राखिएको छ, जसले गर्दा सिटमुनि ३५ लिटरको ठूलो भण्डारण ठाउँ उपलब्ध भएको छ। स्कुटरको अधिकतम गति ६३ किलोमिटर प्रतिघण्टा रहेको छ।

स्कुटरको डिजाइन रेट्रो शैलीमा तयार गरिएको छ। यसमा रंगीन एलसीडी डिस्प्ले र आधारभूत ब्लुटुथ कनेक्टिभिटी उपलब्ध छ । यसमा ड्रम ब्रेक प्रयोग गरिएको छ । नयाँ प्लेटफर्मका कारण स्कुटरमा स्टाेरेज, रेन्ज र आराममा सुधार भएको बताइएको छ ।

कम्पनीले नयाँ चेतकसँग ३ वर्ष वा ५० हजार किलोमिटर वारेन्टी प्रदान गरिरहेको छ। चेतक ३५ सिरिजले भिडा भी२, एथर रिज्टा, ओला एस१ प्रो र टीभीएस आइक्युब जस्ता इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ।

बजाजले आफ्नो डिलर नेटवर्क ५०७ शहरसम्म विस्तार गरिसकेको छ। स्कुटरको बुकिङ कम्पनीको आधिकारिक वेबसाइटमार्फत सुरु भइसकेको छ भने, अमेजन र फ्लिपकार्टजस्ता ई-कमर्स प्लेटफर्ममार्फत पनि किन्न सकिनेछ।

अन्य भेरिएन्टमध्ये चेतक ३५०१ मा ९५० वाटको अनबोर्ड चार्जर दिइएको छ, जसले ब्याट्रीलाई ३ घण्टामा ०-८० प्रतिशतसम्म चार्ज गर्न सक्छ। ३५०२ मा भने ९५० वाटको अफबोर्ड चार्जर छ, जसले स्कुटरलाई ३ घण्टा २५ मिनेटमा ०-८० प्रतिशत चार्ज गर्न सक्नेछ ।

नेपाली बजारमा हाल बजाजकाे इलेक्ट्रिक स्कुटर छैन । भविष्यमा याे स्कुटर नेपाली बजारमा पनि उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा बजाज मोटरसाइकल अब थप महंगो

नेपाली बजारमा बजाज मोटरसाइकल अब थप महंगो

काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

उत्पादन योजनामा पुनर्विचार गर्दै भारतीय टु–ह्विलर कम्पनी, जिएसटी २.० प्रमुख कारण

उत्पादन योजनामा पुनर्विचार गर्दै भारतीय टु–ह्विलर कम्पनी, जिएसटी २.० प्रमुख कारण

भारतीय मोटरसाइकल बजार नयाँ जिएसटी २.० नियम लागू भएसँगै तीव्र रूपमा...

बजाजको पहिलो सीएनजी बाइकको डिजाइन लन्च हुनुअघि नै लिक

बजाजको पहिलो सीएनजी बाइकको डिजाइन लन्च हुनुअघि नै लिक

बजाजले चाँडै नै आफ्नो पहिलो सीएनजी बाइक भारतीय बजारमा ल्याउने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...