भारत एनक्यापको पहिलो नतिजा सार्वजनिक, टाटा ह्यारियर र सफारीलाई फाइभ स्टार
भारत सरकारले पहिलो पटक क्र्यास टेस्ट ‘भारत न्यु कार एसेस्मेन्ट प्रोग्राम...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ । एक कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिको तर्फबाट संस्थाका उप–सभापति सौरभराज थपलिया र शिखर इन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेद्वारा संयुक्त रुपमा यस सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
शिखर इन्स्योरेन्सले उपलब्ध गराउने अटो प्लस अन्तर्गतको सम्झौता अनुसार टाटा मोर्टस्द्वारा उत्पादित टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रा आदि पिकअप गाडीमा यो योजना लागू हुनेछ । सवारी साधन दर्ता भएको मितिबाट ५ वर्ष सम्म यो सम्झौता अनुसारको सुविधा उपलब्ध हुनेछ । साथै यो स्किम ब्यापक मोटर बिमा पोलिसीमा मात्र लागू हुनेछ ।
यस अन्तर्गत शून्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर ३ हजार र टाटा एस÷टाटा इन्ट्राका लागि भाडादर १ हजार ५ सय रुपैयाँ परिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना लगायतका फाइदाहरु रहेका छन् ।
यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ प्रालिको आफुलाई पायक पर्ने नेपालभरको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बिमा दावी गर्न सक्नेछन् ।
अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकहरुलाई थप सहज हुने दुवै कम्पनीको दावी छ ।
भारत सरकारले पहिलो पटक क्र्यास टेस्ट ‘भारत न्यु कार एसेस्मेन्ट प्रोग्राम...
टाटा मोटर्सको लोकप्रिय इलेक्ट्रिक कार नेक्सनमा आगालागी भएको छ । मंगलबार...
काठमाडौं – टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...