कृष्णभीरमा तीव्र रुपमा पन्छाइदै पहिरो, दुवै छेउबाट १८ जना परिचालन
काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा खसेको पहिरो...
काठमाडौं – त्रिशूली नदीमा आएको बाढीका कारण गल्छी–त्रिशूली राजमार्ग तथा त्रिशूली नदीका विभिन्न पुलहरूमा क्षति पुगेर यातायात अवरुद्ध भएको थियो। यस अवस्थालाई मध्यनजर गर्दै रसुवा र धादिङ समेत हेर्ने सडक डिभिजन नुवाकोटले वैकल्पिक सडकहरू निर्माण, मर्मत तथा स्तरोन्नति गरी यातायात सञ्चालनमा ल्याउने काम गरेको छ ।
पूर्वाधार विकास मन्त्रालयले यस्ता विभिन्न सडकहरुको वारेमा जानकारी प्रदान गरेको छ । हाल सञ्चालनमा ल्याइएका वैकल्पिक सडकहरू यी हुन् ।
पृथ्वी राजमार्ग–धादिङबेसी वैकल्पिक मार्ग (१५ किमी)
मास्टार (पृथ्वी राजमार्ग) देखि त्रिशूली पुल पार हुँदै केउरिनीटार, बेलिनटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार, परेवाटार हुँदै धादिङबेसीसम्म सडक सञ्चालनमा ल्याइएको छ।
प्रभावित क्षेत्रः धादिङको गल्छी र सिद्धलेक
त्रिशूली पार क्षेत्र जोड्ने वैकल्पिक मार्ग (४० किमी)
त्रिशूली पारीको भूभागलाई यातायात सञ्जालले जोड्न गल्छी (गल्छी त्रिशूली राजमार्ग), त्रिशूली पुल पारीबाट त्रिशूली नदीको दाँया किनार तर्फबाट कल्लेरीटार, कोशीखोला, पिमलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजार र किस्पाङ गाउँपालिकाको सीमासम्म यातायात सञ्चालन गरिएको छ।
प्रभावित क्षेत्रः धादिङ सिद्धलेक तथा नुवाकोटका तारकेश्वर, विदुर र मेघाङ
देवीघाट तादी खोला पुलको वैकल्पिक मार्ग (३५ किमी)
देवीघाट स्थित क्षतिग्रस्त तादी खोला पुलको विकल्पको रूपमा पिपलटार–धमले–निरञ्जना–बाघखोर–हर्रे–देउराली–कोल्पुटार सडकमार्फत चार पाङ्ग्रे सवारी सञ्चालनमा ल्याइएको छ।
प्रभावित क्षेत्रः नुवाकोटको विदुर र बेलकोटगढी
रसुवा आवतजावतका लागि वैकल्पिक मार्ग (१२ किमी)
त्रिशूली देखि बेत्रावती सम्मको राजमार्ग क्षतिग्रस्त भएकाले सो रसुवा जिल्लामा यातायातको पहुँचको लागि ढिकुरे (मध्यपहाडी राजमार्ग) हुँदै फेदी बेसीचोक, हिरामुनिटार, चोगते, बोरेभञ्ज्याङ, सानो खोला, धनस्वारा, भोर्ले, जिबजिबे, बोगटीटारसम्मको नुवाकोट खण्डमा सडक सञ्चालन योग्य बनाइएको छ। रसुवा खण्डमा पनि मर्मत कार्य जारी रहेको छ।
प्रभावित क्षेत्रः नुवाकोटको विदुर र सूर्यगढी
सडक डिभिजन नुवाकोटले आपतकालीन अवस्थामा विभिन्न उपकरण प्रयोग गरी सडक खुलाउने, पहिरो हटाउने, कल्भर्ट निर्माण गर्ने, सडक सतह सुधार गर्ने तथा ग्राभेल राख्ने कार्य निरन्तर गरिरहेको बताएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...