हराएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन सम्वन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट विभिन्न समयमा हराएका ५० वटा दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी मंगलबार सम्बन्धीत सवारी धनीहरूलाई हस्तान्तरण गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान चलाई खोजतलास गरेपछि फेला परेका यी मोटरसाइकल तथा स्कुटरहरू एक कार्यक्रमका बीच धनीहरूलाई बुझाएको हो ।

काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रहरूबाट चोरी भएका तथा हराएका सवारी साधनहरूको खोजतलासका लागि ट्राफिक प्रहरीले सादा पोशाकमा समेत टोली परिचालन गर्दै आएको छ । प्राप्त निवेदन र सूचनाका आधारमा प्रविधिको प्रयोग गरी प्रहरीले विभिन्न मितिमा यी सवारी साधनहरू बरामद गर्न सफल भएको थियो ।

रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा आयोजित विशेष हस्तान्तरण कार्यक्रममा प्रहरी वरिष्ठ अधिकारीहरूले सवारी साधनका वास्तविक धनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी साँचो हस्तान्तरण गरेका हुन् ।

आफ्ना हराएका सवारी साधन पुनः फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीको टोलीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रहरीले आफ्ना सवारी साधनहरू सुरक्षित स्थानमा मात्र पार्क गर्न, सवारी साधनमा हन्डल लकका साथै अतिरिक्त ह्विल लक र जिपिएस ट्रयाकरजस्ता सुरक्षा प्रणालीको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

साथै, सवारी साधन हराएमा तुरुन्तै नजिकैको प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको निःशुल्क नम्बर १०३ मा जानकारी गराउन समेत अनुरोध गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...