नेपाललाई दुई वटा बेलिब्रिजका सामग्री हस्तान्तरण

काठमाडौं - चीनको सिजाङ स्वायत्त क्षेत्रले बाढी तथा पहिरो प्रभावित नेपालका लागि बेलिब्रिजसहितका आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ । शुक्रबार सिगात्सेस्थित रिझी नाकामा उक्त सामग्री नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रले बाढी तथा पहिरो प्रभावित नेपालका लागि बेलिब्रिजसहितका आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ । शुक्रबार सिगात्सेस्थित रिझी नाकामा उक्त सामग्री नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

ती सामग्रीहरूमा विशेष गरी दुईवटा बेलीब्रिज निर्माण गर्न पुग्ने बेली प्यानल, सुदृढ सस्पेन्सन रड, सपोर्ट फ्रेम, डेकिङ र आई-बिम लगायतका उपकरणहरू रहेका छन्।

यी सामग्रीले बाढी-पहिरोका कारण अवरुद्ध भएका प्रमुख सडक सञ्जाल पुनः जोड्न महत्त्वपूर्ण सहयोग पुर्‍याउनेछ।

ल्हासामा तिब्बत स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालय र ल्हासास्थित नेपाली महावाणिज्य दूतावासबीच हस्तान्तरण कार्यक्रमसमेत भएको थियो । नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाली पक्षका तर्फबाट हस्तान्तरणसम्बन्धी प्रमाणपत्रमा हस्ताक्षर गरेका थिए ।

हस्तान्तरण समारोहमा नेपाली पक्षले विपद्लगत्तै चीनले देखाएको द्रुत तत्परता र सहयोगप्रति हार्दिक आभार व्यक्त गरेको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...