रसुवा बाढीप्रति नाडाद्वारा दुःख व्यक्त, क्षति संकलन र केरुङ नाका सहज बनाउन सरकारसँग आग्रह
काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीबाट टिमुरे,...
काठमाडौं - नयाँ बानेश्वरमा खटिएकी एक महिला प्रहरी जवानमाथि हातपात भएको छ ।
मंगलबार बिहान सडक पार गर्ने क्रममा महिला प्रहरी जवानमाथि एक पुरुषले हातपात गरेका हुन् । पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका वडा नं. २ घर भई हाल काठमाडौँको बानेश्वर-१० मा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्।
पैदलयात्री कठायतले जथाभावी बाटो काट्न खोजेपछि ड्युटीमा खटिएकी महिला प्रहरी जवानले उनलाई आकाशे पुलको प्रयोग गर्न अनुरोध गरेकी थिइन्। सोही क्रममा सामान्य विवाद हुँदा कठायतले महिला प्रहरीमाथि हातपात गरेका थिए।
प्रहरीमाथि हातपात भएलगत्तै उनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...