पेट्रोल डिजेललाई उछिन्दै न्यु इनर्जी भेइकल, चीनमा ईभी गाडीको वर्चस्व

चीनमा न्यु इएनर्जी भेइकलको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ। इलेक्ट्रिक तथा अन्य नयाँ ऊर्जा प्रविधिमा आधारित सवारी साधनहरूको माग पेट्रोल र डिजेल गाडीभन्दा तीव्र रूपमा बढिरहेको छ । गत महिनाको बिक्री विवरणअनुसार चीनमा सबैभन्दा धेरै बिक्री भएका पाँच कारमध्ये अधिकांश न्यु इनर्जी भेइकल रहेका छन् ।

गत महिना चीनको सबैभन्दा बढी बिक्री हुने सवारीसाधनको सूचीमा जिली ग्यालेक्सी झिंगयुआन पहिलो स्थानमा रहेको छ । जिलीद्वारा उत्पादन गरिएको न्यु इनर्जी भेइकलले बजारमा उल्लेखनीय सफलता हासिल गर्दै एक महिनामै ३८ हजार ७५१ युनिट बिक्री गर्न सफल भएको थियो।

दोस्रो स्थानमा टेस्लाको मोडल वाई रहेकाे छ। चीनमा उत्पादन र बिक्री हुँदै आएको सो लोकप्रिय इलेक्ट्रिक गाडी गत महिना २८ हजार ९११ युनिट बिक्री भएको थियो। टेस्लाको मोडल वाई लामो समयदेखि चीनको सबैभन्दा सफल ईभी सवारीमध्ये एक मानिन्छ।

तेस्रो स्थानमा साओमीको एसयू७ रहेको छ। गत महिना मात्रै यस मोडलका २४ हजार २३ युनिट बिक्री भएका थिए, जसले कम्पनीको विद्युतीय सवारी क्षेत्रमा बढ्दो प्रभावलाई पुष्टि गरेको छ।

चौथो स्थानमा लिपमोटर ए१० रहेको छ। सो मोडलले गत महिना २२ हजार ३०६ युनिट बिक्री गरेको छ । प्रतिस्पर्धात्मक मूल्य र आधुनिक प्रविधिका कारण सो गाडी चीनमा लोकप्रिय बन्दै गएको बताइएको छ।

त्यसैगरी, पाँचौं स्थानमा ली अटो आई६ रहेको छ । ली अटोको सो इलेक्ट्रिक सवारीसाधनले गत महिना २० हजार ८७८ युनिट बिक्री गरेको छ । कम्पनीले प्रिमियम सुविधा र उन्नत प्रविधिका कारण बजारमा राम्रो प्रतिक्रिया पाइरहेको जनाएको छ।

सम्बन्धित समाचारहरू

चितवनमा स्काईवेलको डिलर बन्यो एच३आर मोटर्स, टेस्ट ड्राइभ र बुकिङ प्रारम्भ

चितवनमा स्काईवेलको डिलर बन्यो एच३आर मोटर्स, टेस्ट ड्राइभ र बुकिङ प्रारम्भ

चितवन – नेपालका लागि स्काईवेल ईभीको आधिकारिक वितरक जी मोटर्स प्रालिको...

इलेक्ट्रिक कार किन्नु पहिले जानौ : चार्जर कस्तो छ ? कसरी प्रयोग गर्ने ?

इलेक्ट्रिक कार किन्नु पहिले जानौ : चार्जर कस्तो छ ? कसरी प्रयोग गर्ने ?

विद्युतीय गाडी प्रयोग गर्नु वा किन्नु अघि तपाईले जान्नुपर्ने पहिलो कुरा...

ग्रिसमा पनि लोकप्रिय डोङफेङ बक्स, नयाँ मोडल भोया र एमहिरोको चर्चा चुलिदै

ग्रिसमा पनि लोकप्रिय डोङफेङ बक्स, नयाँ मोडल भोया र एमहिरोको चर्चा चुलिदै

नेपाली बजारमा लोकप्रियता कमाइरहेको डोङफेङ ब्रान्डको इलेक्ट्रिक मिनी कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...