यस्तो छ टीभीएसले ल्याउन लागेको नयाँ इलेक्ट्रिक स्कुटर, अर्को हप्ता लन्च हुने
टीभीएसले २३ अगष्टमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ । यूएईको...
नेपाली बजारमा लोकप्रियता कमाइरहेको डोङफेङ ब्रान्डको इलेक्ट्रिक मिनी कार बक्स ग्रिसमा समेत चर्चा कमाइरहेको छ । नेपाली बजारमा डोङफेङ बक्सलाई डोङफेङ नामी भनिन्छ । ग्रिसमा यही डोङफेङ बक्स चर्चित छ भने पछिल्लो समयमा भोया र एमहिरो मोडले समेत चर्चा पाइरहेका छन् ।
डोङफेङ बक्स ४.०२ मिटर लामो युथफुल डिजाइन सहितको ईभी हो । यसमा रहेका फ्रेमलेस डोर, फोल्डिङ ह्यान्डल, टु–टोन रुफ आदिका कारण धेरैको रोजाइमा परेको मानिन्छ । यसमा भएको २,६६० एमएमको ह्विलबेस र ३२६ लिटरको ट्रंक स्पेसले भित्र प्रशस्तै स्पेस उपलब्ध गराएको छ ।
डोङफेङ बक्सको इन्टेरियर फाइन मेटरियलबाट बनेको छ । यसमा भएका १२ इन्चको टचस्क्रिन, ३६० डिग्री प्यानोरामिक डिस्प्ले, वायरलेस मोबाइल चार्जिङ, अटोमेटिक एयर कन्डिसनिङ, इलेक्ट्रिकल्ली एड्जस्टेबल एयर–कन्डिसन्ड ड्राइभर्स सिट आदिका कारण यो धेरै नै इक्विपमेन्टबाट सजिएको मान्न सकिन्छ । यसको बेसिक सिटी भर्सनमा समेत धेरै स्ट्यान्डर्ड फिचर छन् ।
ग्रिक बजारमा रहेको भोया ईभी फ्रि र ड्रिम गरी दुई भेरिएन्टमा उपलब्ध छ । भोया फ्रि ४.९ मिटर लामो छ । यसमा रहेको १०६ किलोवाट आवरको ब्याट्रीले ५०० किलोमिटरको रेन्ज दिन्छ । यसको इन्टेरियरमा १२.३ इनचका तीन वटा आकर्षक स्क्रिन रहेका छन् ।
त्यसैगरी भोया ड्रिममा १०८.७ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले सिंगल चार्जमा ४८२ किलोमिटरको रेन्ज दिन्छ । यो ठूलो इलेक्ट्रिक कन्भर्टिबल हो, जसमा धेरै आकर्षक फिचर रहेका छन् ।
त्यसैगरी एमहिरो १ अफरोड भेइकल हो । यसले १०८८ एचपी पावर र १,४०० एनएम टर्क जेनेरेट गर्छ । ३३.५ सेमी सम्मको ग्राउन्ड क्लियरेन्स हुने सो अफरोड ईभीमा क्र्याब वाकिङ फङसन सहितको फोर–ह्विल स्टेयरिङ रहेको छ । यसले सिंगल चार्जमा ४५० किलोमिटर सम्मको रेन्ज दिन्छ ।
ग्रिक बजारमा डोङफेङ बक्सको मूल्य २४ हजार ५ सय, भोया फ्रिको मूल्य ६५ हजार, भोया ड्रिमको मूल्य ९९ हजार र एमहिरो १ को मूल्य १ लाख ४३ हजार युरो रहेको छ ।
टीभीएसले २३ अगष्टमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ । यूएईको...
कार बजारमा मध्यम वर्गीय ग्राहकहरुको संख्या ठुलो छ, जसले राम्रो डिजाइन,...
चालु आर्थिक वर्षको तीन महिनामा ७०५ युनिट इलेक्ट्रिक कार नेपाल भित्रिएका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...