दसैँ-तिहारमा चांगानका गाडीलाई २४ सै घण्टा सडक सहायता, ११ स्थानमा सेवा उपलब्ध

काठमाडौं - चांगान नेपालले दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि ‘चांगान केयर २४×७’ सडक सहायता सेवा सुरु गरेको छ। नेपालका लागि चांगानको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले चाडपर्वका बेला हुने यात्रालाई सहज र सुरक्षित बनाउने उद्देश्यले देशव्यापी सडक सहायता सेवा सञ्चालनमा ल्याएको हो।

यो सेवा चांगानका उपब्रान्ड अवतार, दिपल र निभोका विभिन्न मोडलमा लागू हुनेछ। यसअन्तर्गत अवतार ०७ र ११, दिपल एस०७, एस०५, ई०७ र एल०७ तथा निभो क्यू०५ का ग्राहकले सडक सहायता प्राप्त गर्न सक्नेछन्।

चाडपर्वमा परिवार तथा आफन्तसँग भेटघाट गर्न र घुमफिरका लागि धेरै मानिस यात्रामा निस्कने भएकाले सवारीसाधनमा अप्रत्याशित समस्या आउँदा ग्राहकलाई सहयोग पुर्‍याउने उद्देश्यले यो सेवा ल्याइएको कम्पनीले जनाएको छ। यात्राका क्रममा सवारीसाधन बिग्रिएमा वा अन्य आकस्मिक समस्या आएमा ग्राहकले आवश्यक सहायता लिन सक्नेछन्।

‘नेपालको जुनसुकै स्थानमा पनि तपाईंको यात्रा हाम्रो लागि महत्त्वपूर्ण छ’ भन्ने प्रतिबद्धतासहित सञ्चालन गरिएको यस सेवाअन्तर्गत टोइङ, घटनास्थलमै मर्मतसम्भारमा सहयोग, चौबीसै घण्टा आकस्मिक सहायता, क्षेत्रीय सेवा पहुँच तथा समर्पित ग्राहक सहायता टोलीको सुविधा उपलब्ध हुनेछ।

कम्पनीका अनुसार यो सेवाको सञ्जाल नेपालका ११ प्रमुख स्थानमा विस्तार गरिएको छ। दाङ, धनगढी, बिर्तामोड, विराटनगर, नेपालगञ्ज, बुटवल, जनकपुर, वीरगञ्ज, चितवन, पोखरा तथा ललितपुरको बालकुमारीबाट ग्राहकले सडक सहायता प्राप्त गर्न सक्नेछन्।

सडक सहायता आवश्यक परेमा ग्राहकले ९७०४०२४३६५ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

चांगान केयर २४×७ मार्फत अवतार, दिपल र निभोका ग्राहकलाई थप सहज र भरपर्दो सवारी स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य छ। विशेषगरी चाडपर्वको समयमा लामो दूरीको यात्रा गर्ने ग्राहकलाई आकस्मिक अवस्थामा सहयोग उपलब्ध गराउन यो सेवाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

चांगान अटोमोबाइल चीनको पुरानो अटोमोबाइल उत्पादक कम्पनीमध्ये एक हो। कम्पनीका अनुसार यसको उपस्थिति विश्वका १०० भन्दा बढी देशमा छ र यसले स्मार्ट प्रविधि, नयाँ ऊर्जा तथा आगामी पुस्ताका मोबिलिटी समाधानमा काम गर्दै आएको छ। एमएडब्लू वृद्धि अटोकर्प नेपालमा चांगान तथा यसका उपब्रान्ड अवतार, दिपल र निभोको आधिकारिक वितरक हो।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...