नेपाल आयो स्कुटरको एसयूभी ‘रिभर इन्डी’, नाइमा मोबिलिटी एक्सपोमा सार्बजनिक हुने
काठमाडौं–नेपालको विद्युतीय दुई–पांग्रे बजारमा एउटा नयाँ प्रिमियम...
काठमाडौं–सीएफमोटो नेपालले आफ्ना २५० डुअल राइडरका लागि विशेष कार्यक्रम ‘रेन्वो ट्राउट राइड’ आयोजना गर्ने भएको छ । राइड जेठ ३० गते नक्सालस्थित सीएफमोटो शोरुमबाट सुरु भई आशापुरी ड्रीम हाउस रिसोर्ट, सूर्यविनायकमा पुगेर सम्पन्न हुनेछ ।
कम्पनीका अनुसार, यस राइडको प्रमुख उद्देश्य सीएफमोटो २५० डुअल राइडरबीच आपसी सम्बन्ध सुदृढ गर्दै एक बलियो भाइचारा सम्वन्ध निर्माण गर्नु हो । मोटरसाइकल केवल यातायातको साधन मात्र नभई समान सोच, साहसिक भावना र नयाँ अनुभव खोज्ने व्यक्तिलाई जोड्ने माध्यम भएको विश्वासका साथ कम्पनीले कार्यक्रम आयोजना गरेको जनाएको छ ।
राइडमा सहभागी राइडरले समूहगत रूपमा सुरक्षित र व्यवस्थित राइडको अनुभव लिनुका साथै विभिन्न मनोरञ्जनात्मक खेल, टीम–बिल्डिङ गतिविधि, अनुभव आदान–प्रदान सत्र तथा अन्य आकर्षक कार्यक्रमहरूमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् । यसले राइडरबीच मित्रता, सहकार्य र समुदायप्रतिको अपनत्व अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
२५० डुअल नेपालमा साहसिक र बहुउपयोगी मोटरसाइकलका रूपमा लोकप्रिय बन्दै गएको कम्पनी भनाई छ । सोही उत्साहलाई अझ प्रोत्साहन गर्दै ग्राहकलाई ब्रान्डसँग भावनात्मक रूपमा जोड्ने उद्देश्यले राइड आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागी राइडरले रमणीय मार्गमा सामूहिक यात्रा गर्दै मनोरञ्जन, भाइचारा र साहसिकताको अनुपम अनुभव प्राप्त गर्ने साथै, कार्यक्रममा सहभागीलाई विभिन्न सरप्राइज गतिविधि तथा स्मरणीय क्षणहरू सिर्जना गर्ने अवसर पनि प्रदान गरिने बताइएको छ ।
सम्पूर्ण २५० डुअल मालिकहरूलाई यस विशेष राइडमा सहभागी भई आफ्नो राइडिङ अनुभवलाई अझ रोमाञ्चक, अर्थपूर्ण र अविस्मरणीय बनाउन कम्पनीले् आह्वन गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...