डोङफेङ नामी र भिगो ईभीको बढ्यो मूल्य, नयाँ मूल्य कति ?

काठमाडौं - नेपालका लागि डोङफेङ नामी र भिगो ईभीको आधिकारिक वितरक एमएडब्लु वृद्धि मोटर्सले नेपालमा उपलब्ध दुवै मोडलका ईभीको मूल्यमा वृद्धि गरेको छ । बैशाख महिना देखि लागु हुने गरी सो मूल्य वृद्धि गरिएको हो ।

नयाँ मूल्य सूची अनुसार डोङफेङ नामी ०१ को ई३ मोडलको मूल्य ३६ लाख २५ हजार रुपैयाँ पुगेको छ । यो भन्दा पहिले यसको मूल्य ३४ लाख ७९ हजार रुपैयाँ थियो । यसको ड्युअल टोन र सिल्भर कलरको मूल्यका लागि भने थप ५० हजार रुपैयाँ बुझाउनु पर्छ ।

४९.५ किलोवाट मोटरमा उपलब्ध नामी ०१ नेपालमै पहिलो पटक सन् २०२४ को अगस्ट २२ मा सोल्टी होटलमा आयोजित एक भव्य कार्यक्रम बिच सार्वजनिक गरिएको थियो । त्यसपछि यसले नेपाली बजारमा राम्रो प्रदर्शन गरेको छ ।

अटो शो सुरु हुनुभन्दा केही दिनअघि सार्बजनिक गरिएको यो कार आकर्षक मूल्यका कारण चर्चामा छ । आकर्षक लुक्स, प्रिमियम फिचर र प्रतिस्पर्धी मूल्यका कारण यसलाई धेरैले ह्याचब्याक सेग्मेन्टमा गेम चेन्जर मोडलका रुपमा समेत लिने गरेका छन् ।

सार्वजनिक हुँदै गर्दा नामी ०१ बजारलाई चुनौती दिने उद्देश्यले आएको थियो र त्यसले आफ्नो वचन पूरा गरेको छ। यस सेग्मेन्टमै पहिलो पटक फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, वेलकमिङ र मेमोरी सिट, अटो पार्किङ सुविधा र टेबलटप सहितको ड्रयर जस्ता विशेषताहरू ल्याएर नामी ०१ ले आइडियल ह्याचब्याकको परिभाषा नै नयाँ बनाएको थियो। साथै, १२.८ इन्चको उन्नत इन्फोटेनमेन्ट प्रणाली र अत्याधुनिक ड्राइभर असिस्टेन्स फिचरसहित यसले आफ्नो प्राइस रेन्जमा उत्कृष्ट स्टाइल, प्रविधि र प्रदर्शन पेश गरेको थियो। योसँगै नामीले छिटो बजार विस्तार गर्दै नेपालको बहुसंख्यक जनतालाई इलेक्ट्रिक मोबिलिटी सुलभ बनाएको छ।

त्यसपछि अर्को मोडलको रुपमा गत नामी भिगो सार्वजनिक गरिएको हो । नेपाली बजारमा उपलब्ध दुई मोडल नामी भिगो ई२ को मूल्य ४० लाख ९९ हजार र ई२ प्लसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यो भन्दा पहिले सो ईभीको दुई भेरिएन्टको मूल्य क्रमशः ३८ लाख ९९ हजार र ४१ लाख ९९ हजार रुपैयाँ थियो ।

नामी भिगोको ‘म्याजिक कर्भ’ डिजाइनले आधुनिक सौन्दर्य र एरोडाइनामिक संरचनाको संयोजन प्रस्तुत गर्दै नामी ब्रान्डको नयाँ डिजाइन पहिचान विकास गरेको कम्पनीले जनाएको छ । यो मोडलमा रहेको ९९ किलोवाट मोटरले शहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेसन र स्मूथ ड्राइभिङ अनुभव प्रदान गर्छ ।

यसमा दुई ब्याट्री विकल्प उपलब्ध छन् । पहिलो ४४.९४ किलोवाट आवर क्षमताको ब्याट्री जसको डब्लुएलटीपी रेन्ज ३०० किलोमिटर छ, र दोस्रो ५१.८७ किलोवाट आवर ब्याट्री जसले ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसले १६७ किलोवाट फास्ट चार्जिङ सपोर्ट गर्दछ, जसले ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म केवल १८ मिनेटमै चार्ज गर्न सक्छ । कम्पनीका अनुसार यसले केही मिनेटमै करिब ११५ किलोमिटर दूरी थपिने सुविधा प्रदान गर्छ ।

गाडीको भित्री भाग अत्याधुनिक र आरामदायी बनाइएको छ । यसमा १२.८ इन्च टचस्क्रिन, भेन्टिलेटेड जिरो–प्रेसर सीटहरू, र पानोरेमिक मोनोरुफ जस्ता विशेषताहरू छन्, जसले चालक र यात्रु दुवैलाई प्रिमियम अनुभव दिन्छ ।

सुरक्षाका दृष्टिले पनि नामी भिगो उच्चस्तरको छ । यसमा जिरो फायर–एक्स्प्लोजन परीक्षण पार गरेको ब्याट्री सिस्टम, ६८.४ प्रतिशत उच्च–सामथ्र्यको स्टिल बडी र ६ वटा एअरब्यागहरूको संयोजन गरिएको छ, जसले गाडीलाई सुरक्षित र भरपर्दो बनाएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

१२० किलोमिटर रेन्ज भएको नयाँ इलेक्ट्रिक बाइकको उत्पादन प्रारम्भ

१२० किलोमिटर रेन्ज भएको नयाँ इलेक्ट्रिक बाइकको उत्पादन प्रारम्भ

टोर्क मोटर्स कम्पनीले टोर्क क्रेटोस इलेक्ट्रिक बाइकको पहिलो युनिट...

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक कारले सबैको...

ईभी प्रोडक्सन हबको रुपमा पुनर्जन्म लिदै चीनको आइफोन सिटी, लगानी बढाउँदै कम्पनी

ईभी प्रोडक्सन हबको रुपमा पुनर्जन्म लिदै चीनको आइफोन सिटी, लगानी बढाउँदै कम्पनी

फक्सकनले उत्पादन बन्द ग-यो भने बीवाईडीले फ्याक्ट्री निर्माण आइफोन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...