सवारी साधनमा स्टेयरिङ ह्विल देश अनुसार फरक हुन्छ, थाहा छ किन ?
सवारी साधनको स्टेयरिङ ह्विलको पोजिसन विश्वभर एउटै हुँदैन । नेपाल, भारत र...
टोर्क मोटर्स कम्पनीले टोर्क क्रेटोस इलेक्ट्रिक बाइकको पहिलो युनिट उत्पादन गरेको घोषणा गरिएको छ । कम्पनीले आधिकारिक रूपमा नयाँ इलेक्ट्रिक बाइकको डेलिभरी अप्रिल २०२२ मा सुरु हुने घोषणा गरेको छ ।
कम्पनीले सो बाइक जनवरी २०२२ मा २ भेरिएन्ट क्राटोस र क्राटोस आर लन्च गरेको थियो । क्राटोसको मूल्य १ लाख ८ हजार भारु र क्राटोस आरको मूल्य १ लाख २३ हजार भारु तोकिएको छ ।
क्राटोस इलेक्ट्रिक बाइकमा ४८ भोल्टको सिस्टम भोल्टेजको साथ आईपी६७–रेट गरिएको ४ केडब्ल्युएच लिथियम आयोन ब्याट्री प्याक उपलब्ध छ । यसको आईडीसी रेन्ज १८० किलोमिटर र रियल वल्र्ड रेन्ज १२० किलोमिटर रहेको छ । यो बाइकको टप स्पिड १०० किलोमिटर प्रतिघन्टा छ र यसले अधिकतम पावर ७.५ किलोवाट र अधिकतम टर्क २८ एनएम रहेको छ ।
सो बाइकले ४ सेकेण्डमा ० देखि ४० किलोमिटर प्रतिघन्टाको गति हासिल गर्ने कम्पनीको दाबी छ । हाई–स्पेक क्राटोस आरमा ९.० केडब्ल्यु पावर र ३८ एनएमको टर्क जेनेरेट गर्छ । यसको स्ट्यान्डर्ड मोडलको तुलनामा यसको टप स्पिड १०५ किलोमिटर प्रति घन्टा रहेको छ ।
क्राटोस फास्ट चार्जिङ सिस्टमको साथ उपलब्ध छ, जसको ब्याट्रीलाई एक घन्टामा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । तर, फास्ट चार्जिङ क्राटोस आरमा मात्र उपलब्ध छ । यसमा जिओफेन्सिङ, फाइन्ड माई भेहिकल फिचर, मोटरवाक असिस्ट, क्रयास अलर्ट, भ्याकेसन मोड, ट्रयाक मोड एनालिसिस र स्मार्ट चार्ज एनालिसिस जस्ता फिचर उपलब्ध छ ।
यसबाहेक, बाइकमा कम्पनीको आफ्नै अपरेटिङ सिस्टम छ, जसको नाम टर्क इन्ट्युटिभ रेस्पोन्स अपरेटिङ सिस्टम राखिएको छ । सो सिस्टमले प्रत्येक सवारीको लागि डाटा सङ्कलन र विश्लेषण गर्छ । बाइकमा ४.३ इन्चको टीएफटी स्क्रिन, एप र क्लाउड कनेक्टिभिटीको साथै एन्टि थेफ्ट जस्ता फिचरहरु छन् ।
सवारी साधनको स्टेयरिङ ह्विलको पोजिसन विश्वभर एउटै हुँदैन । नेपाल, भारत र...
जापनिज लक्जरी ब्रान्ड लेक्ससले निकट भविष्यमा आउने आफ्नो इलेक्ट्रिक कारको...
चीनमा इमर्जिङ न्यु इनर्जी भेइकल (एनईभी) निर्माता कम्पनीहरुले सन् २०२४ को...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...