मुग्लिन–काठमाडौं सडकको घोप्टेभीरमा आजदेखि दैनिक पाँच घण्टा आवागमन बन्द

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौं सडक खण्डको घोप्टेभीरमा आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै शनिबारदेखि अर्को सूचना जारी नभएसम्म दैनिक बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म उक्त सडक खण्डमा सवारी आवागमन रोक्ने जनाएको हो।

सडक माथिबाट निरन्तर ढुङ्गा र माटो खसिरहेको तथा पहिरोको उच्च जोखिम रहेकाले जोखिमयुक्त भागलाई माथिबाटै काटेर सडक सुरक्षित बनाउन आवागमन बन्द गर्न लागिएको प्रशासनले जनाएको छ।

सडक सुरक्षालाई ध्यानमा राख्दै जोखिम न्यूनीकरणको काम गरिने भएकाले उक्त समयमा यात्रा गर्ने सवारीसाधनले वैकल्पिक समय व्यवस्थापन गर्नुपर्नेछ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...