नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

चितवन । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउन शनिबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै मङ्सिर ५ गतेदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक आवागमन बन्द गर्ने जनाएको हो ।

प्रशासनका अनुसार घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएको छ । थप दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सडक बन्द गरेर जोखिमयुक्त ढुंगा तथा माटो हटाउन लागिएको हो ।

सडक बन्द हुने समयमा नागढुंगा–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ । त्यसैले उक्त सडक हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई निर्धारित समयलाई ध्यानमा राखेर आफ्नो यात्रा व्यवस्थापन गर्न प्रशासनले आग्रह गरेको छ ।

साथै प्रशासनले सडक बन्दसम्बन्धी सूचनाको पालना गर्न र थप जानकारी तथा समन्वयका लागि सूचनामा उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...