ईभी प्रोडक्सन हबको रुपमा पुनर्जन्म लिदै चीनको आइफोन सिटी, लगानी बढाउँदै कम्पनी

फक्सकनले उत्पादन बन्द ग-यो भने बीवाईडीले फ्याक्ट्री निर्माण

आइफोन निर्माता सहरको रुपमा विश्वमै परिचित चिनियाँ सहर झेङझाउले छोटो समयमै यो पहिचान फेर्दैछ । चिनियाँ कार निर्माता कम्पनी बीवाईडी र अन्यले सो क्षेत्रलाई ईभी सप्लाई चेन क्षेत्रको रुपमा विकास गरिरहेका छन् भने स्मार्टफोन निर्माता कम्पनी एप्पलले स्मार्टफोन उत्पादन कार्यलाई क्रमशः भारतमा स्थानान्तरण गरिरहेको छ ।

चीनको केन्द्रमा रहेको हेनान प्रान्तको राजधानी झेङझाउमा रहेको बीवाईडी प्लान्टमा गत अक्टोबर महिनाको अन्त्यतिर ट्रेलरमार्फत गाडी लोड गरेर सिपमा पठाइएको दृश्य निकै देखिन्थे । ‘न्यु हायर’ आर्मब्यान्ड लगाएका कर्मचारीहरु यताउता गरेको दृश्य देख्नु सामान्य थियो ।

सन् २०२३ को अप्रिल देखि बीवाईडीको प्लान्ट संचालनमा आएको थियो । हाल बीवाईडीले सोङ प्रो एसयूभी र सि लायन ०७ ईभीका साथै अन्य प्लग इन हाइब्रिड लगायतका न्यु इनर्जी भेइकल उत्पादन गर्छ ।

बीवाईडीले सो प्लान्टमा सन् २०२३ मा २ लाख सवारी साधन उत्पादन ग¥यो भने यो वर्ष यसको दोब्बर उत्पादन गर्ने लक्ष्य लिएको छ । यसैको सँगै रहेको क्षेत्रमा अटोमोटिभ ब्याट्री कारखाना समेत निर्माणाधीन छ ।

अन्य कम्पनीहरुले समेत न्यु इनर्जी भेइकलका लागि झेङझाउमा लगानी बढाइरहेका छन् ।
चिनियाँ सरकारी स्वामित्वमा रहेको एसएआईसी मोटरले दुई अर्ब युआन अर्थात करिव २ अर्ब ७७ करोड डलर खर्च गरेर ब्याट्री कारखाना निर्माण गरेको छ, जुन अक्टोबर देखि संचालनमा आएको छ । एसएआईसीका एक जना कार्यकारीले झेङझाउलाई ‘न्यु इनर्जी भेइकलको उत्पादन र निर्यातको आधार’ बनाउने कम्पनीको योजना रहेको बताएका छन् ।

यही क्षेत्रमा चीनको प्रमुख बस निर्माता कम्पनी युटोङ बसले समेत इलेक्ट्रिक बस उत्पादन कार्य बढाइरहेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी र सो क्षेत्रको सरकारले समेत न्यु इनर्जी भेइकल बढाउनमा भूमिका खेलिरहेका छन् । पार्टीको पालिका कमिटीका सचिव एन वेईले सन् २०२२ मा नै सो क्षेत्रलाई न्यु इनर्जी भेइकलको लागि देशकै ठूलो प्रोडक्सन हब बनाउन चाहेको बताएका थिए । यसका लागि सरकारी निकायबाट समेत आवश्यक नीति र प्रविधिको समेत विकास भइरहेको छ ।

झेङझाउमा रहेको बीवाईडी फ्याक्ट्रीले नै झेङझाउलाई झकिझकाउ बनाउनमा महत्वपूर्ण भूमिका खेलेको मान्न सकिन्छ । झेङझाउका मेयरले सन् २०२५ सम्ममा सो सिटीमार्फत १५ लाख न्यु इनर्जी भेइकल उत्पादन गर्ने लक्ष्य राखिएको बताएका थिए ।

सन् २०१० मा ताइवानी कम्पनी फक्सकनले यसका करिव ६० प्रतिशत आइफोन यहाँ एसेम्बल गर्न थाले देखि नै झेङझाउको आर्थिक अवस्था यसैमा निर्भर थियो । तर सन् २०२३ मा आइपुग्दा मोबाइल फोनको उत्पादन २०१७ को पिक अवस्थाको तुलनामा करिव आधा घटेर १४ करोड ह्यान्डसेटमा सीमित भयो ।

भौगोलिक र राजनीतिक अवस्थाका कारण एप्पलले आइफोन उत्पादनलाई भारत र अन्य देशमा केन्द्रित गर्न थालेको छ । यसका कारण झेङझाउको आइफोन फ्याक्ट्री नजिक रहेका करिव १३० रेष्टुराँ बन्द भएका थिए ।

सम्बन्धित समाचारहरू

यस्तो छ ११ लाख मूल्य घटाएर बिक्री भइरहेको इलेक्ट्रिक कार

यस्तो छ ११ लाख मूल्य घटाएर बिक्री भइरहेको इलेक्ट्रिक कार

मर्सिडिज बेन्ज इन्डियाले भारतमा आफ्नो पहिलो ब्याट्री–इलेक्ट्रिक भेइकल...

वुलिङ एयर इभीको मिडिया टेष्ट ड्राइभ सम्पन्न

वुलिङ एयर इभीको मिडिया टेष्ट ड्राइभ सम्पन्न

काठमाडौं– वुलिङ एयर इभीले आइतवार मिडिया टेष्ट ड्राइभ सम्पन्न गरेको छ ।...

समय अगावै एमजीको घोषणा, जेडएस ईभी ४७ लाखमै पाइने अफर शुक्रबार सम्म मात्र

समय अगावै एमजीको घोषणा, जेडएस ईभी ४७ लाखमै पाइने अफर शुक्रबार सम्म मात्र

काठमाडौं – नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...