महिन्द्राले नयाँ एक्सयूभी३०० फेसलिफ्ट मोडल ल्याउँदै, लन्च हुनु अघि सार्वजनिक
महिन्द्राले एक्सयूभी३०० को फेसलिफ्ट मोडल लन्च गर्ने तयारी गर्दैछ ।...
इटहरी – नेपालका लागि एसएमएल महिन्द्रा सवारी साधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेइकल्स प्रालिले सुनसरीको इटहरीमा आयोजना गरेको ‘एसएमएल महिन्द्रा फ्रि सर्भिस क्याम्प’ सफलतापूर्वक सम्पन्न भएको छ। जेठ ३१ गतेदेखि असार ३ गतेसम्म चार दिन सञ्चालन भएको उक्त सर्भिस क्याम्पमा १०० भन्दा बढी एसएमएल महिन्द्राका बस, ट्रक तथा अन्य व्यावसायिक सवारी साधनहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा विभिन्न प्राविधिक सेवाहरूको लाभ लिएका छन्।
ग्राहकहरूलाई उत्कृष्ट र गुणस्तरीय ’बिक्रीपछिको सेवा’ अर्थात आफ्टर सेल्स सर्भिस प्रदान गर्ने कम्पनीको दीर्घकालीन योजनाअनुरूप आयोजना गरिएको यस विशेष शिविरको उद्घाटन प्याब्सन, सुनसरीका अध्यक्ष थानेश्वर ढकालले रिबन काटेर गरेका थिए । उद्घाटन समारोहमा लक्ष्मी कमर्सियल भेइकल्सका सेल्स एण्ड आफ्टर सेल्स हेड सञ्जय खड्का, एसएमएल महिन्द्राको नेपालका लागि सर्भिस हेड मनोज सी. सैनी लगायत कम्पनीका इन्जिनियर र प्राविधिक टोलीहरूको बाक्लो उपस्थिति रहेको थियो।
विशेष छुट र प्राविधिक परामर्शको व्यवस्था
शिविर अवधिभर सहभागी ग्राहकहरूले आफ्ना सवारी साधनको निःशुल्क जनरल चेकअप र विशेषज्ञ प्राविधिकहरूबाट परामर्श प्राप्त गरेका थिए। यसका अतिरिक्त, कम्पनीले ग्राहकहरूको आर्थिक भार कम गर्ने उद्देश्यले लेबर चार्जमा ५० प्रतिशतसम्मको भारी छुट, लुब्रिकेन्टमा १५ प्रतिशत छुट र स्पेयर पार्ट्सको खरिदमा १५ देखि ५० प्रतिशतसम्मको सहुलियत प्रदान गरेको थियो। शिविरमा सहभागी हुने ग्राहकहरूलाई प्रोत्साहनस्वरूप विभिन्न आकर्षक उपहारहरूको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
बीएस६ प्रविधि र प्राविधिक जनशक्ति लक्षित अन्तरक्रिया
यसपटकको सर्भिस क्याम्पको मुख्य आकर्षण सवारी साधनको मर्मत मात्र नभई आधुनिक अटोमोबाइल प्रविधिबारे सचेतना जगाउनु पनि रहेको थियो। शिविरकै अवसरमा एसएमएल महिन्द्राको नेपालका लागि सर्भिस हेड मनोज सी. सैनी नेतृत्वको टोलीले इटहरी, झापा र विराटनगर क्षेत्रका विभिन्न शैक्षिक संस्थाहरू तथा अटोमोबाइल वर्कशपहरूमा पुगेर विशेष अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो।
उक्त कार्यक्रममा अटोमोबाइल क्षेत्रमा भविष्य खोजिरहेका विद्यार्थीहरू, प्रशिक्षकहरू र स्थानीय वर्कशप सञ्चालकहरूलाई आधुनिक बीएस६ प्रविधिको कार्यप्रणाली, इन्धन दक्षता, वातावरण मैत्री विशेषता र आधुनिक डायग्नोस्टिक्स प्रणालीबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। आधुनिक सवारी साधनमा देखिने जटिल प्राविधिक समस्याहरूको पहिचान र समाधानका लागि प्रयोग हुने डिजिटल औजारहरूबारे दिइएको व्यावहारिक ज्ञानले स्थानीय प्राविधिक जनशक्तिलाई थप दक्ष बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीको प्रतिबद्धता
लक्ष्मी कमर्सियल भेइकल्सका सेल्स एण्ड आफ्टर सेल्स हेड सञ्जय खड्काले कार्यक्रमको समापनका अवसरमा बोल्दै ग्राहकको सन्तुष्टि नै कम्पनीको मुख्य प्राथमिकता रहेको उल्लेख गरे । उनले भने, “हामी केवल सवारी साधन बिक्री गर्ने लक्ष्यमा मात्र सीमित छैनौं। आधुनिक अटोमोबाइल प्रविधि, विशेष गरी बीएस६ को सही प्रयोग र मर्मतसम्भारबारे जनचेतना फैलाउँदै हाम्रा ग्राहकलाई दीर्घकालसम्म भरपर्दो सेवा सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं। भोलिका प्राविधिक जनशक्ति र व्यवसायीहरूसँगको यो ज्ञान आदानप्रदानले नेपालको अटोमोबाइल क्षेत्रको विकासमा इँटा थप्ने विश्वास लिएका छौं।”
नेपालभर आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवाको अनुभूति दिलाउन लक्ष्मी कमर्सियल भेइकल्सले आगामी दिनमा पनि यस्ता निःशुल्क सर्भिस क्याम्प, प्राविधिक तालिम र ग्राहक केन्द्रित कार्यक्रमहरूलाई देशका अन्य भागहरूमा पनि निरन्तरता दिने जनाएको छ। इटहरीमा सम्पन्न यस शिविरले एसएमएल महिन्द्राका सवारी धनीहरूमा नयाँ उत्साह थप्नुका साथै कम्पनी र ग्राहकबीचको सम्बन्धलाई थप मजबुत बनाएको विश्लेषण गरिएको कम्पनीको भनाइ छ ।
महिन्द्राले एक्सयूभी३०० को फेसलिफ्ट मोडल लन्च गर्ने तयारी गर्दैछ ।...
यहि फागुन २२ देखी २७ गतेसम्म महिन्द्रा केयर फेस्ट आयोजना हुने भएको छ ।...
डिजेल कारको बजार पेट्रोल र सिएनजीले विस्थापित गरिरहेको सन्दर्भमा भारतमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...