पोखरामा हुने अटो शोमा यी ब्रान्डको रहने छ सहभागिता
पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स...
भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक कारले सबैको ध्यान खिचेको छ । भाइभ मोबिलिटीले ल्याएको माइक्रो ईभी ‘ईभा’ मूल्यका कारण चर्चामा आएको हो । सो नयाँ कारको सुरुवाती मूल्य ३ लाख २५ हजार भारु तोकिएको छ भने कम्पनीले यसको बुकिङ समेत खुला गरेको छ ।
भाईभ ईभीमा ९ किलोवाट आवर, १२.६ किलोवाट आवर र १८ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिइएको छ । ३ मिटर लामो उक्त कारको चौडाई १२०० एमएम, उचाई १५९० एमएम तथा ह्विलवेश २१०० एमएम र ग्राउन्ड क्लिरियन्स १७० एमएम छ ।
इभाको अगाडि एलईडी लाइट बार र बम्परमा गोलाकार हेडल्याम्प राखिएको छ । अगाडि जस्तै, पछाडि पनि कनेक्टेड टेलल्याम्पहरू छन् । साथै यसमा १३ इन्चको ह्विल जडान गरिएको छ । अगाडि एउटा ड्राइभर सिट भएको ३–सीटर यस ईभीमा २–स्पोक, फ्ल्याट–बटम स्टेयरिङ ह्वील र दुईवटा स्क्रिन राखएको छ । साथै, यसमा एक मिनी फ्रिज र एक वैकल्पिक सोलार प्यानल समेत उपलब्ध छ ।
कम्पनीका अनुसार १८ किलोवाट आवर भर्सनको रेन्ज २५० किमी रहेको छ भने ९ किलोवाट आवर र १२.६ किलोवाट आवर ब्याट्रीले क्रमशः १२५ किमी र १७५ किमीको रेन्ज प्रदान गर्दछ । सोलार रूफले समग्र रेन्जलाई १० किलोमिटरसम्म बम्प गर्न पर्याप्त ऊर्जा उत्पादन गर्न सक्छ । ब्याट्रीलाई डिसी फास्ट चार्जर प्रयोग गरेर १५ मिनेटमा १० देखी ७० प्रतिशतसम्म र १५ एम्पियरको घरेलु सकेट प्रयोग गरेर ५ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
एउटामात्रै रियर–माउन्टेड इलेक्ट्रिक मोटर प्रयोग गरिएको यस कारले ४० एनएम टर्क जेनेरेट गर्ने जनाईएको छ । साथै यस ईभीको टप स्पिड ७० किलोमिटर प्रति घण्टा छ ।
पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स...
काठमाडौं–लुयान नेपालले विन्टर राइड अफर ल्याएको छ । उक्त अफर अन्तर्गत...
काठमाडौं – नेपालमा सर्वाधिक बिक्री हुने कमर्सियल भ्यान दावी गरिएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...