वर्कसपका लागि नयाँ दरको कर लागू गर्न अटो मेकानिक्स व्यवसायी संघले ग-यो महानगरपालिका समक्ष माग
काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघले काठमाडौं महानगरपालिकाले...
काठमाडौं – गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित छलफलपछि सञ्चारकर्मीहरूसँग गरेको कुराकानीमा बताएको ‘डोजर ट्रयाक’ एपले अहिले चर्चा पाएको छ । विपदको समयमा उद्धार कार्यका लागि कुशल मानिएका गृहमन्त्री गुरुङले यो वर्षाको समयमा सडक तत्काल खुलाउनका लागि सो एप उपयोगी हुने बताएका छन् ।
उनले मनसुनका समयमा पहिरोका कारण अवरुद्ध हुने सडकहरू तत्काल खुलाउन डोजर ट्रयाक गर्ने मोबाइल एप सञ्चालनमा ल्याइएको जानकारी दिएका हुन् । पूर्वाधार विकास मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा तयार पारिएको यो एपले देशभरका विभिन्न स्थानमा रहेका डोजर र हेभी मेसिनरीहरूको वास्तविक लोकेसन देखाउने बताइएको छ । जसले गर्दा कुनै पनि स्थानमा पहिरो खसेर बाटो बन्द भएमा सबैभन्दा नजिक रहेको डोजरलाई तुरुन्तै घटनास्थलमा पठाउन सहज हुनेछ ।
लाइन मिनिस्ट्रीले ‘डोजर ट्रयाक’ गर्ने एप ल्याएको र यसले डोजरहरू कहाँ–कहाँ छ भन्ने ठ्याक्कै थाहा हुने भएकाले नजिकैको डोजर पहिचान गरी तुरुन्तै बाटो खुलाउने हिसाबले एप डेभलप गरेको उनले बताएका छन् ।
विगतमा डोजर खोज्दा र घटनास्थलसम्म पु¥याउँदा लामो समय लाग्ने र यात्रीहरूले सास्ती खेप्नुपर्ने अवस्थालाई अन्त्य गर्न यो कदम चालिएको उनको भनाइ छ । मन्त्री गुरुङले यसपटक मन्त्रीको निरीक्षणभन्दा पनि जनताको सुरक्षा र सहजतालाई प्राथमिकता दिइएको उल्लेख गर्दै उपलब्ध साधन स्रोत र हेलिकप्टरहरूलाई उद्धार र राहतमै केन्द्रित गरिने योजना सुनाए ।
विगतमा आफू स्वयं पनि विपदका समयमा उद्धार कार्यमा खटिएको भन्दै उनले यसपटक प्रविधिको उच्चतम् प्रयोग गरी धनजनको क्षति न्यूनीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए । यस अनुसार आगामी दिनमा सो एप उपयोगी हुने अनुमान गर्न सकिन्छ ।
वर्षा याममा सडक खुलाउनका लागि प्रयोग हुने हेभी इक्विपमेन्टलाई सामान्यतः धेरैले डोजर भन्ने गरेको पाइन्छ । यद्यपि यसमा ब्याकहो लोडर, एस्काभेटर जस्ता हेभी सवारी साधन नै बढी प्रयोग गरिन्छ । बुल्डोजर जस्ता हेभी सवारी साधनको राम्रो ब्रान्डिङ भएका कारण धेरैले सबै सवारी साधनलाई डोजर नै भन्ने गरेको पाइन्छ ।
नेपालमा केस, कोमात्सु, जेसीबी, हुन्डाई, कोबेल्को लगायतका विभिन्न ब्रान्डका यस्ता हेभी इक्विपमेन्ट उपलब्ध छन् ।
काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघले काठमाडौं महानगरपालिकाले...
काठमाडौं – सीपलाई समाधानसँग जोड्ने नाराका साथ ‘मोबाइल ग्यारेज एप’ लन्च...
नेपालकै नमूना अटो भिलेज मानिएको बुटवल–२ मैनाबगरमा अबस्थित मैनाबगर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...