फोर्ड नेपालले ल्यायो अविश्वसनिय अफर : एउटा फोर्ड गाडी किन्दा अर्को ईभी गाडी सित्तैमा

काठमाडौं - नेपालमा फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले ग्राहकहरूका लागि पहिलो पटक सीमित समयका लागि अविश्वसनिय अफर सार्वजनिक गरेको छ।

यस अनुसार फोर्ड एभरेष्ट, -याप्टर र रेन्जर जस्ता प्रिमियम एसयूभी र पिकअप खरिद गर्दा इलेक्ट्रिक गाडी अर्थात ईभी निःशुल्क पाइने छ । यस अनुसार उही मूल्यमा दुई वटा गाडी उपलब्ध हुनेछन् ।

कम्पनीका अनुसार, यो अफरले शक्तिशाली र अफरोड क्षमतायुक्त फोर्ड गाडीहरूको अनुभवसँगै शहरभित्र प्रयोगका लागि विद्युतीय सवारीको सुविधा पनि प्रदान गर्ने उद्देश्य राखेको छ। बढ्दो इन्धन मूल्य र वातावरणमैत्री यातायातप्रति आकर्षण बढिरहेका बेला यो योजना उपयुक्त विकल्प हुने कम्पनीको दाबी छ।

जीओ अटोमोबाइल्सका प्रवक्ताले यस प्रकारको अफर नेपालमै पहिलो पटक उपलब्ध भएको र ग्राहकहरूलाई एउटै खरिदमा थप मूल्य र सुविधा दिन लक्षित गरिएको बताए ।

हाल नेपालमा फोर्डका नेक्स्ट–जेन फोर्ड एभरेष्ट २.० लिटर बाई टर्बो, नेक्स्ट–जेन फोर्ड रेन्जर २.० र नेक्स्ट–जेन फोर्ड -याप्टर ३.० लिटर छन् । यी सबै गाडीहरु थाइल्याण्डबाट आयात गरिन्छन्।

कम्पनीले काठमाडौंको थापाथलीमा रहेको ४ हजार ६०० वर्गफुटको शोरूम तथा १८ हजार वर्गफुटको अत्याधुनिक वर्कशपमार्फत सेवा दिइरहेको जनाएको छ।

सम्बन्धित समाचारहरू

किस्ता नतिर्ने कारको इन्जिन रिमोटबाटै वन्द गर्न मिल्ने प्रविधीमा काम गर्दै फोर्ड मोटर

किस्ता नतिर्ने कारको इन्जिन रिमोटबाटै वन्द गर्न मिल्ने प्रविधीमा काम गर्दै फोर्ड मोटर

वैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर कार किन्ने तर समयमै किस्ता भुक्तानी...

फोर्ड फिगो पश्चात अब फोर्ड एस्पायर पनि अटोमेटिक गियरबक्समा आउने

फोर्ड फिगो पश्चात अब फोर्ड एस्पायर पनि अटोमेटिक गियरबक्समा आउने

फोर्डले केही दिन पहिले फिगो ह्याचब्याकलाई अटोमेटिक गियरबक्सका साथ लन्च...

फोर्स गोर्खाको ५ डोर संस्करण भारतमा लन्च, यस्तो छ विशेषता

फोर्स गोर्खाको ५ डोर संस्करण भारतमा लन्च, यस्तो छ विशेषता

फोर्स मोटर्सले भारतमा अफ रोडर एसयूभी गोर्खाको ५ डोर संस्करण लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...