लन्च हुने भयो फक्सवागन भर्टस, हुन्डाई भर्ना र होन्डा सिटी तथा स्कोडा स्लाभियासँग प्रतिस्पर्धा गर्ने
फक्सवागनको नयाँ कार भर्टस मार्च ८ मा लन्च हुने भएको छ । कम्पनीले यसै दिन...
विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल बजार चीनमा जर्मन कार निर्माता फक्सवागन आफ्नो दशकौँ लामो दबदबा गुमाउँदै तेस्रो स्थानमा झरेको छ। चिनियाँ अटो उद्योग सम्बन्धी तथ्यांकअनुसार सन् २०२५ मा फक्सवागनलाई चिनियाँ कम्पनी जिली अटोले बिक्रीको आधारमा उछिनेको हो। यसअघि सन् २०२४ मै फक्सवागनले शीर्ष स्थान गुमाएर सो स्थन बीवाईडीलाई दिइसकेको थियो ।
चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चीनमा फक्सवागन दुई ज्वाइन्ट भेन्चर कम्पनी राज्य स्वामित्वको एफएडब्लु र एसएआईसी मोटर सहित रिटेल सेलका आधारमा १०.९ प्रतिशत बजार हिस्सामा सीमित रह्यो। यो अघिल्लो वर्षको १२.२ प्रतिशतको तुलनामा गिरावट हो।
त्यसैगरी, जिली अटोको घरेलु बजार हिस्सा उल्लेखनीय रूपमा बढ्दै ७.७ प्रतिशतबाट ११ प्रतिशत पुगेको छ। उता, बजारको नेतृत्व गरिरहेको बीवाईडीको हिस्सा भने १६.२ प्रतिशतबाट घटेर १४.७ प्रतिशतमा झरेको सीपीसीएको तथ्यांकले देखाएको छ।
सीपीसीएका महासचिव छुई दोङ्सुले फक्सवागनका यी संयुक्त उद्यमहरूले चीनमा कम्पनीका सम्पूर्ण बिक्री प्रतिनिधित्व गर्ने बताए। उनका अनुसार, फक्सवागन अझै पनि चीनमा सबैभन्दा धेरै बिक्री हुने विदेशी ब्रान्ड हो र उसले चिनियाँ प्रतिस्पर्धीसँगको दूरी घटाउन विभिन्न पहलहरू तीव्र रूपमा अघि बढाएको छ।
फक्सवागन, जनरल मोटर्स (जीएम) र टोयोटा जस्ता परम्परागत विदेशी अटो उत्पादकहरूले विद्युतीय सवारी (ईभी) मा अपेक्षाकृत ढिलो रूपान्तरण गर्दा बजार हिस्सा चिनियाँ ब्रान्डतर्फ सरेको विश्लेषकहरूको भनाइ छ। चीनमा उपभोक्ताहरूले सरकारी अनुदानका कारण ईभीलाई प्राथमिकता दिन थालेका छन्।
चिनियाँ ईभी कम्पनी एक्सपेङसँगको सहकार्य विस्तार गर्दै फक्सवागनले चीनमा थप मोडलका लागि इलेक्ट्रोनिक्स आर्किटेक्चर विकास गरिरहेको छ। साथै, होराइजन रोबोटिक्ससँग मिलेर चीनमै अर्को पुस्ताका स्मार्ट कारका लागि पहिलो इन–हाउस चिप विकास गर्ने योजना पनि अघि सारेको छ।
फक्सवागनले चीनमा विकास र उत्पादन भएका गाडीहरू अन्य विदेशी बजारमा निर्यात गर्ने रणनीति पनि बनाइरहेको छ। घरेलु बजारमा माग सुस्त भएपछि बीवाईडी लगायत अन्य चिनियाँ अटो उत्पादकहरूले पनि अन्तर्राष्ट्रिय विस्तारमा जोड दिइरहेका छन्।
उता, जिली र लिपमोटर जस्ता अन्य चिनियाँ अटो कम्पनीहरूले मुख्यतया बजेट कार सेग्मेन्टमा आफ्नो बजार हिस्सा बढाएका छन्। उद्योगभित्र तीव्र मूल्य प्रतिस्पर्धाविरुद्ध आवाज उठ्न थालेपछि बीवाईडी केही दबाबमा परेको देखिन्छ।
१ लाख ५० हजार युआन (करिब २१ हजार ५१२ अमेरिकी डलर) भन्दा कम मूल्यका कारहरूले सन् २०२५ मा चीनको नयाँ प्यासेन्जर सवारी बिक्रीको ५० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको सीपीसीएको तथ्यांकले देखाएको छ।
फक्सवागनको नयाँ कार भर्टस मार्च ८ मा लन्च हुने भएको छ । कम्पनीले यसै दिन...
अमेरिकामा कोभिड–१९ को महामारी पछि पहिलो पटक शिकागो अटो शो आयोजना भएको छ ।...
हालै नेपाली बजारमा फक्सवागनको नयाँ एसयूभी टाइगुन भित्रिएको छ । भारतमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...