फक्सवागन ईभीमा एक्सपेङको प्रविधि, नयाँ एसयूभी सार्ववजनिक
काठमाडौं–फक्सवागनले चीनमा आफ्नो नयाँ विद्युतीय एसयूभी आईडी औरा टी६...
फक्सवागन इन्डियले अपडेट गरिएको टाइगुन एसयूभीको पहिलो झलक पेश गरेको छ । कम्पनीले सो नयाँ मोडल अप्रिल ९, २०२६ मा भारतमा औपचारिक रूपमा लन्च गर्ने पुष्टि गरेको छ। यो यस वर्ष फक्सवागन टाइगुन आर लाइन पछि कम्पनीको दोस्रो ठूलो लन्च हुनेछ।
नयाँ टाइगुनमा डिजाइन, इन्टेरियर र फिचरमा महत्वपूर्ण परिवर्तन गरिनेछ, यद्यपि यसको इन्जिन विकल्प भने पहिले जस्तै रहनेछ । यसको बाहिरी डिजाइनलाई अझ आधुनिक र आकर्षक बनाइएको छ, जसमा शार्प र बडी लाइनहरू प्रयोग गरिएको छ। यसले गाडीलाई अझ बोल्ड र प्रिमियम लुक प्रदान गर्नेछ। सो एसयूभी एमक्यूबी एओ आईएन प्लेटफर्ममा आधारित रहनेछ। टिजरमा देखिए अनुसार, नयाँ एलईडी टेलल्याम्पलाई एलईडी लाइट स्ट्रिपले जोडिएको छ ।
साथै अपडेट गरिएको एलईडी हेडलाइट, इल्लुमिनेटेड फक्सवागन लोगो र डिआरएल स्ट्रिप पनि हुने सम्भावना छ । यसमा नयाँ अलोय ह्विल, छत रेल र पछाडिको स्पोइलर जस्ता फिचर थप गरिनेछ भने अगाडि र पछाडिको बम्परमा सामान्य परिवर्तन गरिनेछ ।
नयाँ मोडलमा प्रिमियम अपहोल्स्ट्री प्रयोग हुनेछ। यसमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, जसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता फिचर उपलब्ध हुनेछ । साथै, अगाडिका सिटहरू भेन्टिलेटेड र पावरयुक्त हुनेछ र ड्युअल पेन सनरुफ पनि समावेश गरिनेछ।
नयाँ टाइगुनमा १.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन र १.५ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन हुनेछ, जसले क्रमश: ११५ हर्सपावर र १७८ एनएम टर्क र १५० हर्सपावर र २५० एनएम टर्क उत्पादन गर्नेछ । साथै, यसमा नयाँ ८ स्पिड अटोमेटिक गियरबक्स पनि उपलब्ध हुने अपेक्षा गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...