फक्सवागन ईभीमा एक्सपेङको प्रविधि, नयाँ एसयूभी सार्ववजनिक
काठमाडौं–फक्सवागनले चीनमा आफ्नो नयाँ विद्युतीय एसयूभी आईडी औरा टी६...
काठमाडौं–जर्मन कार निर्माता कम्पनी फक्सवागनले विश्वभरका करिब २८ लाख ६० हजार सवारी साधनहरू फिर्ता (रिकल) बोलाउने घोषणा गरेको छ ।
स्टेयरिङ प्रणालीमा देखिन सक्ने प्राविधिक खराबी र त्यसले सिर्जना गर्न सक्ने दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै जर्मनीको संघिय मोटर यातायात प्राधिकरणको समन्वयमा यो कदम चालिएको हो ।
यस समस्याअन्तर्गत स्टेयरिङ प्रणालीका बोल्टहरूमा खिया लाग्ने र ती भाँचिन सक्ने जोखिम देखिएको छ । स्टेयरिङ गियरको बोल्ट भाँचिएमा सवारी चालकले गाडीको नियन्त्रण गुमाउन सक्ने र दुर्घटनाको सम्भावना बढ्ने बताइएको छ ।
यो समस्या विशेष गरी सन् २०१३ सेप्टेम्बर २४ देखि २०२४ जुलाई १ को बीचमा उत्पादन भएका फक्सवागनका गल्फ, टिगुआन, टुरान, क्याडी तथा औडीको क्यू३ मोडलका गाडीहरूमा फेला परेको हो ।
कम्पनीका अनुसार विश्वभर फक्सवागनका झन्डै २१ लाख ६० हजार र औडीका ६ लाख ९६ हजारभन्दा बढी गाडीहरू यसबाट प्रभावित भएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...