फक्सवागन ईभीमा एक्सपेङको प्रविधि, नयाँ एसयूभी सार्ववजनिक

काठमाडौं–फक्सवागनले चीनमा आफ्नो नयाँ विद्युतीय एसयूभी आईडी औरा टी६ सार्बजनिक गरेको छ । बेइजिङ अटो शोमा औपचारिक डेब्यू हुने तयारीमा रहेको यस नयाँ एसयूभीमा फक्सवागनले एक्सपेङको प्रबिधी प्रयोग गरेको छ ।

चीनमा एफएडब्लू फक्सवागनको साझेदारीमा उत्पादन गरिएको यस एसयूभीमा जर्मन इन्जिनियरिङ र स्थानीय नवप्रवर्तनलाई प्रयोग गरिएको हो ।

आईडी औरा टी६ मा जर्मन अटोमेकर र एक्सपेङद्वारा संयुक्त रूपमा विकास गरिएको सीईए इलेक्ट्रोनिक आर्किटेक्चर प्रयोग गरिएको छ । यसले इलेक्ट्रोनिक नियन्त्रण एकाइहरूको संख्या ३०% ले घटाउँने कम्पनी दाबी छ ।

सो नयाँ आर्किटेक्चरले एआईमा आधारित ककपिट सिस्टम, एसिस्टेन्ड ड्राइभिङ फंक्सन र ओटिए अपडेट क्षमतालाई समेत समर्थन गर्ने जनाइएको छ ।

साथै, सो नयाँ एसयूभी लिडार सेन्सर भएको पहिलो फक्स्वागन इलेक्ट्रिक क्रसओभर समेत रहेको कम्पनी भनाई छ । यस एसयूभीका अन्य विवरणहरु २३ अप्रिलदेखी आयोजना हुने बेइजिङ अटो शोमार्फत खुलसा हुने जनाइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...