फक्सवागनद्वारा युरोपमा नयाँ आईडी डट टिगुआन इलेक्ट्रिक एसयूभी सार्वजनिक, सन् २०२७ मा विश्वव्यापी लन्च गर्ने
फक्सवागनले युरोपेली बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक एसयूभी आईडी डट...
काठमाडौं–फक्सवागनले चीनमा आफ्नो नयाँ विद्युतीय एसयूभी आईडी औरा टी६ सार्बजनिक गरेको छ । बेइजिङ अटो शोमा औपचारिक डेब्यू हुने तयारीमा रहेको यस नयाँ एसयूभीमा फक्सवागनले एक्सपेङको प्रबिधी प्रयोग गरेको छ ।
चीनमा एफएडब्लू फक्सवागनको साझेदारीमा उत्पादन गरिएको यस एसयूभीमा जर्मन इन्जिनियरिङ र स्थानीय नवप्रवर्तनलाई प्रयोग गरिएको हो ।
आईडी औरा टी६ मा जर्मन अटोमेकर र एक्सपेङद्वारा संयुक्त रूपमा विकास गरिएको सीईए इलेक्ट्रोनिक आर्किटेक्चर प्रयोग गरिएको छ । यसले इलेक्ट्रोनिक नियन्त्रण एकाइहरूको संख्या ३०% ले घटाउँने कम्पनी दाबी छ ।
सो नयाँ आर्किटेक्चरले एआईमा आधारित ककपिट सिस्टम, एसिस्टेन्ड ड्राइभिङ फंक्सन र ओटिए अपडेट क्षमतालाई समेत समर्थन गर्ने जनाइएको छ ।
साथै, सो नयाँ एसयूभी लिडार सेन्सर भएको पहिलो फक्स्वागन इलेक्ट्रिक क्रसओभर समेत रहेको कम्पनी भनाई छ । यस एसयूभीका अन्य विवरणहरु २३ अप्रिलदेखी आयोजना हुने बेइजिङ अटो शोमार्फत खुलसा हुने जनाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...