सवारीसाधनको प्रदूषण परीक्षणमा नयाँ नियम, अब दर्ता वर्ष अनुसार फरक मापदण्ड

काठमाडौँ – सरकारले सडकमा गुड्ने सवारीसाधनबाट हुने वायु प्रदूषण नियन्त्रण गर्न नयाँ मापदण्ड तयार पारेको छ । वन तथा वातावरण मन्त्रालयले जारी गर्न लागेको ‘प्रयोगमा रहेका सवारीसाधनबाट उत्सर्जन हुने प्रदूषणको सीमा सम्बन्धी मापदण्ड, २०८३’ नेपाल राजपत्रमा प्रकाशित भएको ९१ दिनपछि देशभर पूर्ण रूपमा लागू हुने जनाइएको छ ।

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब पुराना र नयाँ सवारीसाधनका लागि एउटै मापदण्ड नभई दर्ता वर्षका आधारमा चार फरक समूह बनाएर परीक्षण गरिनेछ । जसमा २०५६ अगाडि, २०५६ देखि २०६९, २०६९ देखि २०८२ र २०८२ भन्दा पछाडि दर्ता भएका सवारीका लागि भिन्दाभिन्दै प्रदूषण सीमा तोकिनेछ । नयाँ प्रविधिका सवारीलाई लचकता दिइनेछ भने पुराना सवारीसाधनको हकमा प्रदूषण मापनमा थप कडाइ गरिनेछ ।

इन्धनको प्रकृतिअनुसार परीक्षण विधि पनि फरक हुने प्रस्तवमा उल्लेख छ । पेट्रोल सवारीमा कार्बनमोनोअक्साइड, हाइड्रोकार्बन र ल्याम्ब्डा मापन गरिनेछ भने डिजेल सवारीमा धुवाँको घनत्वका आधारमा मापन हुनेछ । सीएनजी तथा एलपीजीबाट चल्ने सवारीमा नन–मिथेन र रिएक्टिभ हाइड्रोकार्बन जाँच गरिनेछ ।

यस्तै, परीक्षण प्रणालीलाई पारदर्शी बनाउन सबै केन्द्रले क्यालिब्रेट गरिएका उपकरण र तोकिएको तापक्रम पुगेपछि मात्र इन्जिन परीक्षण गर्नुपर्नेछ । ट्रयाक्टर, डोजरजस्ता निर्माण उपकरण र सैनिक प्रयोजनका सवारीमा भने यो नियम लागू हुने छैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...