नेपाल आयो स्कुटरको एसयूभी ‘रिभर इन्डी’, नाइमा मोबिलिटी एक्सपोमा सार्बजनिक हुने
काठमाडौं–नेपालको विद्युतीय दुई–पांग्रे बजारमा एउटा नयाँ प्रिमियम...
काठमााडौं – ‘द एसयूभी अफ स्कुटर्स’ भनिने भारतको प्रसिद्ध कम्पनी रिभर इन्डीको इलेक्ट्रिक स्कुटर नेपालमा उपलब्ध हुने भएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा विशाल इन्टरप्राइजेजले सो स्कुटर नेपालमा उपलब्ध गराउने भएको हो ।
आगामी साउन २६ देखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाइमा नेपाल मोबिलिटी एक्सपोमा सो ब्रान्डले स्टल बुकिङ गरेको र त्यसैमा सो स्कुटर सार्वजनिक हुने अनुमान गरिएको छ । रिभर इन्डीको आधिकारिक वितरकको रुपमा विशाल इन्टरप्राइजेजले एक राष्ट्रिय दैनिकमा यसको सामान्य जानकारी र मूल्य समेत सार्वजनिक गरेको छ । यस अनुसार सो स्कुटरको मूल्य ३ लाख ७० हजार रुपैयाँ हुनेछ । यद्यपि औपचारिक जानकारी भने पछि नै सार्वजनिक हुनेछ ।
यसै सन्दर्भमा सो स्कुटर परीक्षणको क्रममा देखिएको छ । हाल नेपालका विभिन्न स्थानमा सो स्कुटरको परीक्षण भइरहेको छ ।
भारतको बेंगलुरुमा हेड अफिस रहेको रिभर कम्पनीले पहिलो उत्पादनको रुपमा इन्डी स्कुटर उत्पादन गरेको हो । यसले अन्तर्राष्ट्रिय स्तरमा पनि उल्लेखनीय पहिचान बनाइसकेको छ । विशेष गरी अटोमोबाइल क्षेत्रसँग सम्बन्धित डिजाइन कम्पनीको रुपमा यो परिचित थियो । यो स्कुटरले रेड डट डिजाइन कन्सेप्ट अवार्ड २०२४ र रेड डट प्रोडक्ट डिजाइन अवार्ड २०२५ प्राप्त गर्ने एकमात्र भारतीय दुईपांग्रे सवारीको रूपमा सफलता हासिल गरेको कम्पनीले जनाएको छ।
स्कुटरमा ४ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । यसले एकपटकको फुल चार्जमा आईडीसी अनुसार १६० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । यसलाई ७५० वाटको चार्जरले ५ घण्टामा र ४८० वाटको चार्जरले ८ घण्टामा शून्य देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
६.७ किलोवाटको पिक पावर रहेको यो स्कुटरको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ भने १८ डिग्रीसम्मको उकालो चढ्न सक्ने क्षमता रहेको छ । यसमा १७७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने फ्रन्ट र रियरमा १४ इन्चका अलोय ह्विल र ५५ लिटर क्षमताको स्टोरेज रहेको छ । यसमा ४३ लिटरको अन्डरसिट स्टोरेज रहेको छ भने १२ लिटरको ग्लोव बक्स रहेको छ भने ८ वर्षसम्मको वारेन्टी उपलब्ध हुने जनाइएको छ।
यसको टप स्पिड ९० किलोमिटर प्रतिघण्टा रहेको छ भने ३.७ सेकेन्डमै ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । सहज पार्किङ, ह्यान्डलबार भित्र यूएसबी चार्जिङ पोर्ट, । विशेष राइडर फुटपेग, ब्याग ह▒ङगर लगायतका विभिन्न विशेषताले यसलाई सबैका लागि उपयोगी स्कुटर बनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...