ल्यान्ड रोभर डिस्कभरी स्पोर्टको उत्पादन बन्द हुने, ११ वर्षको यात्रामा पूर्णविराम

काठमाडौँ–लक्जरी गाडी निर्माता कम्पनी ल्यान्ड रोभरले आफ्नो लोकप्रिय एसयूभी डिस्कभरी स्पोर्टको उत्पादन बन्द गर्ने घोषणा गरेको छ । सन् २०१५ देखि बजारमा उपलब्ध यस मोडलको ११ वर्ष लामो उत्पादन यात्रा आगामी सन् २०२६ को डिसेम्बरमा आधिकारिक रूपमा समाप्त हुने भएको हो ।

घट्दो बिक्री र युरोपेली संघद्वारा लागु गरिएको नयाँ ‘जनरल सेफ्टी रेगुलेसन २’ का कडा सुरक्षा मापदण्डहरू नै यो निर्णयका मुख्य कारण बनेको जनाइएको छ ।

ल्यान्ड रोभरले सन् २०१५ मा डिस्कभरी स्पोर्टलाई ब्रान्डको इन्ट्री–लेभल एसयूभीका रूपमा बजारमा ल्याउँदा यसले उतिवेलाको चर्चित मोडल फ्रिल्यान्डरलाई प्रतिस्थापन गरेको थियो । पछि सन् २०२० मा परिमार्जित प्लेटफर्म र नयाँ भित्री बनावटसहित यसमा पहिलो ठूलो अपडेट ल्याइएको थियो ।

विश्वब्यापी अटो बजारमा विद्युतीय सवारीतर्फको उच्च आकर्षण र नयाँ सुरक्षा मापदण्डका कारण कम्पनीले यो इन्धन मोडललाई बिदा गर्न लागेको चर्चा चुलिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...