टर्बो पेट्रोल इन्जिनयुक्त एमजी हेक्टरको खुल्यो बुकिङ, नोभेम्बरमा डेलिभरी गरिने
काठमाडौं – नेपाली बजारमा एमजी हेक्टर गाडी उपलब्ध हुने भएको छ । नेपालका लागि...
एमजी मोटर इन्डियाले भारतमा एमजी हेक्टर फेसलिफ्ट एसयूभी लन्च गरेको छ । नयाँ हेक्टरलाई एक्स्टेरियर इन्टेरियर डिजाइनमा उल्लेखनीय सुधारसहित बजारमा उतारिएको छ । यसमा नयाँ डिजाइनको हेक्सा आकारको क्रोम ग्रिल दिइएको छ, जसले एसयूभीलाई अझ प्रिमियम र आकर्षक बनाएको छ। साथै, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टममा जेस्चर कन्ट्रोल जस्तो फिचर पनि थप गरिएको छ।
२०२५ मोडलको नयाँ एमजी हेक्टर ५ सीटर र ७ सीटर दुवै भेरिएन्टमा उपलब्ध हुनेछ । ५ सीटर भेरिएन्टको मूल्य ११ लाख ९९ हजार र ७ सीटर भेरिएन्टको मूल्य १७ लाख ३० हजार भारुबाट सुरु हुन्छ । कम्पनीले यी मूल्यहरू सीमित संख्यामा उपलब्ध एकाइका लागि मात्र लागू हुने जनाएको छ ।
एमजीले यसलाई पूर्ण रूपमा नयाँ पुस्ताको मोडलका रूपमा प्रस्तुत गरेको भए पनि यसको डिजाइन, क्याबिन थिम र कल अप्सनमा परिवर्तन गरिएको छ । क्याबिनभित्र नयाँ फिनिस र अपडेटेड इन्टेरियर थिम दिइएको छ ।
सेफ्टीका लागि यसमा लेभल–२ एडास प्रविधि, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम र अन्य आवश्यक सेफ्टी फिचर समावेश छ ।
नयाँ एमजी हेक्टरको बुकिङ भारतमा सुरु भइसकेको छ। बजारमा यसले टाटा ह्यारियर, टाटा सफारी, महिन्द्रा स्कोर्पियो एन, फेसलिफ्ट गरिएको महिन्द्रा एक्सयूभी ७एक्सओ र हुन्डाई अल्काजारसँग प्रतिस्पर्धा गर्नेछ। साथै, एमजीले सन् २०२६ मा हेक्टर र हेक्टर प्लसका डिजेल भेरिएन्टहरू पुनः बजारमा ल्याउने योजना बनाएको छ ।
काठमाडौं – नेपाली बजारमा एमजी हेक्टर गाडी उपलब्ध हुने भएको छ । नेपालका लागि...
काठमाडौं – नेपाली बजारमा एमजी मोटर्सका इलेक्ट्रिक सवारी साधन...
काठमाडौँ – एमजी मोटर्सको नेपालका लागि अधिकृत आयातकर्ता तथा वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...