नयाँ डिजाइन र फिचरसहित २०२६ एमजी हेक्टर फेसलिफ्टको पहिलो झलक सार्वजनिक

एमजी मोटर इन्डियाले २०२६ एमजी हेक्टर फेसलिफ्टको पहिलो टिजर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तस्विर अनुसार सो एसयूभी पहिलेभन्दा धेरै स्पोर्टी, बलियो र आधुनिक देखिन्छ । विशेषगरी, यसमा रहेको पुनः डिजाइन गरिएको ठुलो ग्रिलले यसलाई अझ प्रीमियम र मोडर्न लुक दिइएको छ ।

यसको क्याबिन पनि उल्लेखनीय परिवर्तन गरिएको छ । नयाँ ड्यासबोर्ड लेआउट, अपडेटेड इन्फोटेनमेन्ट सिस्टम, भेन्टिलेटेड सिट, नयाँ कनेक्टेड कार फिचर, सेफ्टी फिचर र प्रिमियम सामग्रीको प्रयोगले सो एसयूभीको इन्टेरियरलाई  अझ आकर्षक बनाएको छ ।

२०१९ मा एमजीको पहिलो भारतीय मोडलको रूपमा लन्च भएको हेक्टरले बजारमा बलियो स्थान बनाउन सफल भएको छ । यसमा ड्युअल पेन प्यानोरामिक सनरुफ, ७० भन्दा बढी कनेक्टेड सुविधा, एडीएएस सुइटजस्ता सुविधाहरू प्रदान गरिएको छ । हेक्टर प्लस भेरिएन्टले तीन-पङ्क्ति सिट रहेको पारिवारिक कन्फिगरेसन पनि उपलब्ध गराउँदै आएको छ।

नयाँ हेक्टर पेट्रोल र डिजेल दुवै विकल्पलाई कायम राख्नेछ । पेट्रोल मोडलमा १.५ लिटर टर्बोचार्ज्ड इन्जिन हुनेछ, जसले १४१ बीएचपीको पावर र २५० एनएमको टर्क उत्पादन गर्नेछ । यो ६ स्पिड म्यानुअल वा सीभीटी गियरबक्ससँग उपलब्ध हुनेछ । डिजेल भेरिएन्टमा २.० लिटर टर्बोचार्ज्ड इन्जिन समावेश हुनेछ, जसले १७० पीएस पावर र ३५० एनएमको टर्क दिनेछ । यो इन्जिनमा ६ स्पिड म्यानुअल ट्रान्समिसन उपलब्ध हुनेछ।

एमजीले आधिकारिक रूपमा लन्च मिति घोषणा नगरे पनि नयाँ २०२६ हेक्टर फेसलिफ्ट डिसेम्बर १५ मा लन्च हुन सक्ने बताइएको छ ।

सम्बन्धित समाचारहरू

एमजी ईएस५ को बिक्री शुरु, चीनमा १४ हजार डलरमै किन्न पाइने

एमजी ईएस५ को बिक्री शुरु, चीनमा १४ हजार डलरमै किन्न पाइने

एमजीले आफ्नो नयाँ इलेक्ट्रिक क्रसओभर ईएस५ को बिक्री शुरु गरेको छ ।...

स्टिल उत्पादक जेएसडब्ल्यु समूहले अब कार पनि बनाउने, एमजीसँग ३५ प्रतिशत साझेदारी

स्टिल उत्पादक जेएसडब्ल्यु समूहले अब कार पनि बनाउने, एमजीसँग ३५ प्रतिशत साझेदारी

भारतको अग्रणी स्टिल उत्पादक जेएसडब्ल्यु समूहले अब इलेक्ट्रिक सवारी...

बक्सी डिजाइन र पप-अप हेडलाइट लगायतका कारण चर्चामा एमजीकाे इलेक्ट्रिक एसयूभी ‘साइबर एक्स’

बक्सी डिजाइन र पप-अप हेडलाइट लगायतका कारण चर्चामा एमजीकाे इलेक्ट्रिक एसयूभी ‘साइबर एक्स’

चीनको साङघाई अटो शोमा एमजीले सार्वजनिक गरेकाे नयाँ इलेक्ट्रिक एसयूभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...