लिथियम–आयन ब्याट्री महंगो बन्दै, यस्तो छ कारण

काठमाडौं–लिथियम–आयन ब्याट्रीको मूल्य बढ्ने भएको छ । लिथियम–आयन ब्याट्रीको सबैभन्दा ठूलो निर्माता चीनले यसको प्रमुख कम्पोनेन्ट सेपरेटरको मूल्य बृद्धि हुने जनाएको हो । जसको प्रभाव ईभीको मूल्य बृद्धिमा देखिने उल्लेख गरिएको छ ।

धेरै अग्रणी सेपरेटर निर्माताले सेपरेटरको मूल्य ३० प्रतिशतसम्म बृद्धि हुने संकेतसहित सूचनाहरु जारी गरेका छन् । डेली इकोनोमिक न्यूजका अनुसार, एक अग्रणी कम्पनीले सेपरेटरको मूल्य ३० प्रतिशतसम्म बृद्धि हुने घोषणा गरेको छ ।

सांघाई सेक्युरिटीज जर्नलका अनुसार, बेस फिल्म र कोटेड फिल्म सहित वेट–प्रोसेस सेपरेटरको मूल्य ३० प्रतिशतसम्म वृद्धि अपेक्षा गरिएको छ । लिथियम–आयन ब्याट्रीहरूमा सेपरेटरहरु महत्त्वपूर्ण हुन्छन्, जसले लिथियम आयनलाई स्वतन्त्र रूपमा सार्न अनुमति दिँदै एनोड र क्याथोडलाई भौतिक रूपमा अलग गर्दछ ।

सेपरेटरले सेलको लागतको १० देखी १५ प्रतिशतसम्म हिस्सा ओगट्ने कारण उक्त कम्पोनेन्टमा ३० प्रतिशत मूल्य वृद्धि हुँदा ब्याट्री सेल लागतमा ३ देखी ५ प्रतिशत वृद्धि हुने देखिन्छ । अन्य ब्याट्री सामग्रीको मूल्य भने स्थिर नै रहने उल्लेख गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...