हार्ले र हिरो मिलेर तयार पारेको नयाँ मोटरसाइकल लन्च हुँदै

हार्ले–डेभिडसनले हिरो मोटोकर्पसँगको सहकार्यमा विकास गरेको नयाँ मोटरसाइकल अनावरण गरेको छ । एक्स ४४० टी नाम दिइएको उक्त मोटरसाइकल हार्ले ब्रान्डमा उत्पादित हालसम्मकै सानो इन्जिनयुक्त मोडल हो ।

यसअघिको हार्ले एक्स ४४० को अपडेटेड भर्सनका रुपमा आउन लागेको सो नयाँ मोटरसाइकललाई कम्पनीले उहि पुरानै ट्युबुलर चेसिसमा फ्रेममा तयार पारेको हो ।

मोटरसाइकलको अगाडी अपसाइड डाउन फोर्क र पछाडि डुअल शक अब्जर्बर सस्पेन्सन सेट जडान गरिएको छ । एलोई ह्विल र ब्रेकहरु पनि यसअघिकै मोडलबाट लिएको देखिन्छ ।

एक्स४४० टीमा लामो टेल सेक्सन दिइएको छ भने सिंगलपीस सिटद्वारा सुसज्ज्ति छ । बाइकमा सिंगल पड इन्स्ट्रुमेन्ट कन्सोल र बार एन्ड मिररहरू छन् । हार्लेको सो नयाँ मोटरसाइकलमा मा राइड–बाइ–वायर थ्रोटल, स्विच गर्न मिल्ने ट्र्याक्सन कन्ट्रोल र राइडिङ मोडहरू जस्ता सुविधाहरू उपलब्ध गराइएको छ ।

हार्ले एक्स ४०० मा जस्तै सिंगल सिलिन्डर इन्जिन जडान हुन सक्ने अनुमान गरिएको यस मोटरसाइकलको विस्तृत प्राविधिक विशिष्टताहरू अझै खुलासा गरिएको छैन । कम्पनीले यहि साता भारतमा यसको औपचारिक लन्च गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचारहरू

हिरो र होन्डाले बजारबाट हटाए यी बाइक

हिरो र होन्डाले बजारबाट हटाए यी बाइक

सन् २०२४ मा भारतीय बजारमा नयाँ बाइक लन्च हुनुका साथै केही बाइक बजारबाट...

हिरोले ल्यायो नयाँ फाइनान्स स्किम, तोकिएकै समयमा किस्ता तिर्दा ४ प्रतिशत ब्याज फिर्ता

हिरोले ल्यायो नयाँ फाइनान्स स्किम, तोकिएकै समयमा किस्ता तिर्दा ४ प्रतिशत ब्याज फिर्ता

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ...

हिरो एक्सिट्रम २५० आर र एक्सपल्स २१० को बुकिङ खुला

हिरो एक्सिट्रम २५० आर र एक्सपल्स २१० को बुकिङ खुला

हिरो मोटोकर्पले भारतमा एक्ट्रिम २५० आर र एक्सपल्स २१० को लागि बुकिङ खुला...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...