विभिन्न स्थानमा हिरो एक्सचेञ्ज र इभल्भ सोरुम एक्सचेन्ज हुँदै
काठमाडौं – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक बिक्रेता सिजी मोटर्सले...
हार्ले–डेभिडसनले हिरो मोटोकर्पसँगको सहकार्यमा विकास गरेको नयाँ मोटरसाइकल अनावरण गरेको छ । एक्स ४४० टी नाम दिइएको उक्त मोटरसाइकल हार्ले ब्रान्डमा उत्पादित हालसम्मकै सानो इन्जिनयुक्त मोडल हो ।
यसअघिको हार्ले एक्स ४४० को अपडेटेड भर्सनका रुपमा आउन लागेको सो नयाँ मोटरसाइकललाई कम्पनीले उहि पुरानै ट्युबुलर चेसिसमा फ्रेममा तयार पारेको हो ।
मोटरसाइकलको अगाडी अपसाइड डाउन फोर्क र पछाडि डुअल शक अब्जर्बर सस्पेन्सन सेट जडान गरिएको छ । एलोई ह्विल र ब्रेकहरु पनि यसअघिकै मोडलबाट लिएको देखिन्छ ।
एक्स४४० टीमा लामो टेल सेक्सन दिइएको छ भने सिंगलपीस सिटद्वारा सुसज्ज्ति छ । बाइकमा सिंगल पड इन्स्ट्रुमेन्ट कन्सोल र बार एन्ड मिररहरू छन् । हार्लेको सो नयाँ मोटरसाइकलमा मा राइड–बाइ–वायर थ्रोटल, स्विच गर्न मिल्ने ट्र्याक्सन कन्ट्रोल र राइडिङ मोडहरू जस्ता सुविधाहरू उपलब्ध गराइएको छ ।
हार्ले एक्स ४०० मा जस्तै सिंगल सिलिन्डर इन्जिन जडान हुन सक्ने अनुमान गरिएको यस मोटरसाइकलको विस्तृत प्राविधिक विशिष्टताहरू अझै खुलासा गरिएको छैन । कम्पनीले यहि साता भारतमा यसको औपचारिक लन्च गर्ने तयारी गरेको छ ।
काठमाडौं – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक बिक्रेता सिजी मोटर्सले...
हिरोले स्प्लेन्डर बाइक इलेक्ट्रिक भर्सनमा लन्च गर्ने भएको छ । कम्पनीले...
सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै अहिले प्रायः सबैजसो कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...