अटो एक्सपो २०२५ मा जेएसडब्ल्यू एमजीको साइबरस्टर इलेक्ट्रिक सुपर कार प्रस्तुत
जेएसडब्ल्यू एमजीले भारतीय बजारमा नयाँ गाडीको रूपमा एमजी साइबरस्टर...
एमजी मोटर्सले इलेक्ट्रिक कार सेग्मेन्टमा पाएको सफलता पछि अब कम्पनी पेट्रोल डिजेल सवारीको क्षेत्रमा आफ्नो उपस्थिति अझ बलियो बनाउन लागेको छ । कम्पनीले हाल २०२६ एमजी हेक्टर फेसलिफ्टको तयारी गरिरहेको छ । सो फेसलिफ्ट हालै परीक्षणका क्रममा देखिएको छ ।
परीक्षणमा देखिएको एमजी हेक्टर हल्का कभरमा थियो, जसले यसको डिजाइनमा ठूला परिवर्तनहरू आउने अनुमान गरिएको छ । सो फेसलिफ्टेड मोडललाई कम्पनीले फेरि एकपटक नयाँ रूप र परफर्मेन्स दिने उद्देश्यले तयारी गरिरहेको छ।
२०२६ एमजी हेक्टर फेसलिफ्टमा फ्रन्ट र रियर दुवै भागमा उल्लेखनीय परिवर्तन देखिनेछ । यसमा नयाँ ग्रिल डिजाइन, नयाँ फ्रन्ट र रियर बम्पर र अलोय ह्विल समावेश गरिएको छ । यद्यपि यसमा सिट मेटल, लाइटिङ एलिमेन्ट, एलईडी डीआरएल, एलईडी हेडलाइट सेटअप र एडास रडार भने यथावत् राखिनेछ ।
यसको इन्जिन पनि पहिले जस्तै १.५ लिटर टर्बो पेट्रोल र २.२ लिटर टर्बो डिजेल इन्जिन विकल्प उपलब्ध हुनेछ । सेफ्टीका लागि यसमा फ्रन्ट र रियर दुवै सिटका लागि भेन्टिलेशन, नयाँ १४ इन्च पोर्ट्रेट स्टाइल टचस्क्रिन, टच रिस्पोन्स र क्लाइमेट कन्ट्रोल जस्ता फिचर हुनेछ । विशेषगरी डिजेल भेरिएन्टमा थप एडास फिचर र डिजेल अटोमेटिक भेरिएन्टको पनि सम्भावना छ।
एमजी हेक्टरको नयाँ फेसलिफ्ट लन्चिङ पछि टाटा ह्यारियर, टाटा सफारी, महिन्द्रा एक्सयूभी७०० र महिन्द्रा स्कर्पियोसँग प्रतिस्पर्धा हुनेछ ।
जेएसडब्ल्यू एमजीले भारतीय बजारमा नयाँ गाडीको रूपमा एमजी साइबरस्टर...
सन् २०२२ मा बजारमा धेरै एसयूभी लन्च भए । यी मध्ये क्रसओभर र सब कम्प्याक्ट...
काठमाडौं – नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...