लुम्बिनी लायन्ससँग एमजी मोटर्सको सहयात्रा, बन्यो मोबिलिटी पार्टनर

काठमाडौं– एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले देशकै ठूलो क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्ससँग आधिकारिक मोबिलिटी पार्टनरको रूपमा साझेदारी गरेको छ । यस सहकार्यले टिमलाई सहज र भरपर्दो एमजी सवारी सुविधा प्रदान गर्ने जनाइएको छ ।

पारामाउन्ट मोटर्सले लुम्बिनी लायन्सलाई एमजीका प्रिमियम सवारी साधन उपलब्ध गराउँदै खेलाडीहरूलाई उच्च मनोबल प्रदान गर्ने र आरामदायी एवम् सुरक्षित यात्राका साथ आफ्नो प्रदर्शनमा केन्द्रित हुन सहयोग गर्नेछ । यस साझेदारीले पारामाउन्ट मोटर्सको खेलकुदमा प्रोत्साहन तथा प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको पाइन्छ ।

यसैक्रममा पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीका अनुसार लुम्बिनी लायन्ससँग साझेदारी गर्नु कम्पनीका लागि एउटा अवसर हो । ‘हामी हाम्रो सवारीहरु मार्फत टिमलाई प्रत्यक्ष एमजी अनुभवका साथ मैदानमा उतार्न पाउँदा अत्यन्तै खुसी छौं । एनपीएल यात्रामा मोबिलिटी पार्टनर बनेर सहयात्रा गर्दै सकेको सेवा, सुविधा प्रदान गर्ने कार्यमा हामी सदैव केन्द्रित रहनेछौं’ उनले भने ।

यस पहलमार्फत पारामाउन्ट मोटर्सले देशैभर अत्याधुनिक एमजी सवारी अनुभवहरू प्रदान गर्दै खेलकुद लगायत आधुनिक जीबनशैली अनुरुप सेवा, सुविधा प्रदान गर्दै आफ्नो उपस्थितिलाई थप सशक्त बनाएको छ ।

सम्बन्धित समाचारहरू

एमजी एस५ को मूल्य सार्वजनिक, तीन भेरिएन्टको यस्तो हुनेछ मूल्य

एमजी एस५ को मूल्य सार्वजनिक, तीन भेरिएन्टको यस्तो हुनेछ मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने एमजी एस५ को मूल्य सार्वजनिक भएको छ ।...

२०२६ एमजी हेक्टर फेसलिफ्ट, नयाँ डिजाइन र सुविधासहित चाँडै बजारमा आउने

२०२६ एमजी हेक्टर फेसलिफ्ट, नयाँ डिजाइन र सुविधासहित चाँडै बजारमा आउने

एमजी मोटर्सले इलेक्ट्रिक कार सेग्मेन्टमा पाएको सफलता पछि अब कम्पनी...

२०२१ का लागि एमजी एस्टर सोल्ड आउट, यस्तो छ फिचर

२०२१ का लागि एमजी एस्टर सोल्ड आउट, यस्तो छ फिचर

बेलायती अटोमोबाइल कम्पनी एमजी मोटरले नयाँ मिड साइज एसयूभी एमजी एस्टरलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...